images
images

मोबाइल आयातमा देखिएन एमडिएमएसको प्रभावः दुई महिनामा भित्रिए पाँच अर्ब ३६ करोडका स्मार्टफोन

मोबाइल आयातमा देखिएन एमडिएमएसको प्रभावः दुई महिनामा भित्रिए पाँच अर्ब ३६ करोडका स्मार्टफोन

‘एमडीएमसको मुख्य उद्येश्य भनेको नै ग्रे च्यानलबाट आयातित स्मार्ट फोनहरुको नियन्त्रण गर्नु हो’

आइतवार, असोज ७ २०८०
आइतवार, असोज ७ २०८०
  • मोबाइल आयातमा देखिएन एमडिएमएसको प्रभावः दुई महिनामा भित्रिए पाँच अर्ब ३६ करोडका स्मार्टफोन

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को भदौँ महिनासम्ममा ३ लाख ६६ हजार ४८१ स्मार्टफोन नेपाल भित्र्याइएको छ । 

    images
    images

    भन्सार विभागको तथ्यांकानुसार दुई महिनामा करिब पाँच अर्ब ३६ करोड ५२ लाख रुपैयाँ बराबरका ३ लाख ६६ हजार ४८१ सेट स्मार्टफोन आयात भएको देखिएको हो । साथै उक्त स्मार्टफोनको आयातबाट सरकारले करिब १ अर्ब ५ लाख ३६ हजार रुपैयाँ राजस्व उठाएको छ । 

    भन्सार विभागको यस दुई महिनाको तथ्याङ्कले अवैध मोबाइल आयात रोक्न दूरसञ्चार प्राधिकरणले गत जेठदेखि कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को प्रभाव स्मार्टफोन आयातमा नदेखिएको पाइएको छ ।

    सरकारले वैदेशिक रोजगारीमा गएका कामदारले दुई थान मोबाइल सेट ल्याउन पाउने निर्णय गरेसँगै नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस सुरु गरेको थियो । एमडीएमसको मुख्य उद्येश्य भनेको नै ग्रे च्यानलबाट आयातित स्मार्ट फोनहरुको नियन्त्रण गर्नु हो। तर पनि यो प्रणाली नेपालमा खासै प्रभावकारी हुन नसकेको विभागको तथ्याङ्कले देखाएको छ । 

    तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको भदौँ मसान्तसम्ममा गत आर्थिक बर्षको सोहि अवधीको तुलनामा १३.१९ प्रतिशत मात्रै कम स्मार्टफोन आयात भएको पाइएको छ । जबकी गत आवमा सरकारले महंगा स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएको थियो । यस आधारमा गत जेठदेखि प्राधिकरणले अवैध मोबाइल आयात रोक्ने भन्दै लागु गरेको एमडिएमएसको प्रभाव मोबाइल आयातमा नदेखिएको पाइएको छ । 

    अघिल्लो आर्थिक बर्ष २०७९/८० को भदौँसम्ममा ६ अर्ब १८ करोड ८ लाख ९६ हजार रुपैयाँ बराबरको ४ लाख ३८ हजार ९८५ सेट स्मार्टफोन आयात भएको थियो । जुन चालु आर्थिक बर्षको तुलनामा ८१ करोड ५६ लाख ८५ हजार रुपैयाँले बढि हो ।  साथै, सरकारले गत आर्थिक बर्ष ती स्मार्टफोनबाट करिब एक अर्ब १५ करोड रुपैयाँ राजस्व उठाएको थियो ।

    के हो एमडिएमएस ? 

    मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) मोबाइल डिभाइसको तथ्यांक राख्नका लागि प्रयोग गरिने एक अन्तर्राष्ट्रिय प्रणाली हो । उक्त प्रणालीमा राखिएको मोबाइल तथ्यांकले कुन मोबाइल वैध र कुन अवैध भन्ने छुट्याउन सहयोग गर्छ । जसले गर्दा मोबाइल फोनको बजारलाई व्यवस्थित गर्न सहज हुन्छ । 

    नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार भन्सारको वैधानिक बाटोमार्फत नेपाल भित्रिने सबै मोबाइल फोनको आइएमइआई नम्बर प्राधिकरणले एमडिएमएस प्रणालीमा राख्नेछ । 

    यसबाहेक विदेशबाट उपहारमा वा किनेर ल्याइएका मोबाइलको आइएमइआई नम्बर प्रयोगकर्ता आफैँले दर्ता गराउन सक्नेछन् । त्यसबाहेकका अवैध रुपमा ल्याएर व्यापार भइरहेका मोबाइल फोन भने चल्ने छैनन् ।

    एमडिएमएसमा कसरी दर्ता गर्ने ?

    कुनै व्यक्तिले विदेशबाट आउँदा साथमा ल्याएको मोबाइल आफैँले एमडिएमएस प्रणालीमा दर्ता गर्न सक्नेछन् । यसका लागि सबैभन्दा पहिला प्राधिकरणको एमडिएमएस वेबसाइटमा जानुपर्नेछ । यसमा चारवटा चरण छन् । डब्लुडब्लुडब्लु एमडिएमएस डट एनटिए डट जिओभी डट एनपी वेबसाइटमा जानुपर्छ । वेबसाइट सबैभन्दा तल व्यक्तिगत दर्ता भन्ने बटम राखिएको छ, त्यसमा प्रवेश गर्ने । 

    पहिलो चरणमा मोबाइलको आइएमइआई नम्बर, मोबाइलको ब्रान्ड, मोडल र मोबाइल पहिला प्रयोग भए–नभएको विवरण भर्नुपर्नेछ । सो विवरण भरिसकेपछि मात्रै दोस्रो चरणमा प्रवेश गर्न सकिन्छ । दोस्रो चरणमा इमेल राख्नुपर्छ । 

    इमेल राखिसकेपछि त्यसमा ओटिपी नम्बर आउँछ । त्यो ओटिपी नम्बर राखेपछि तेस्रो चरणमा पुगिन्छ । तेस्रो चरणमा विदेशबाट आउँदाको विवरण (कुन मुलुकबाट आएको हो र मिति) भर्नुपर्छ । त्यसपछि व्यक्तिगत विवरण राख्नुपर्नेछ । जसमा व्यक्तिको नाम, राष्ट्रियता, मोबाइल नम्बर र पासपोर्ट राख्नुपर्नेछ । राष्ट्रियतामा नेपाली र विदेशी हो भने फरक–फरक फर्म भर्नुपर्नेछ । 

    राष्ट्रियता नेपाली हो भने त्यसमा दुईवटा विकल्प हुन्छन् । यदि हवाईमार्गबाट नेपाल आएका हुन् भने पासपोर्टको पहिलो पेज, अध्यागमनले छाप लगाएको पूरा पेज र मोबाइल खरिद गरेको बिल अपलोड गर्नुपर्नेछ । तर, सडक अर्थात् भारतबाट नेपाल प्रवेश गरेका  नागरिकता वा पासपोर्ट, भन्सारले प्रमाणित गरिदिएको पत्र र मोबाइल खरिद गरेको बिल अपलोड गर्नुपर्नेछ ।

    यदि विदेशी नागरिकको हकमा पासपोर्ट, भिसा अपलोड गर्नुपर्नेछ । विदेशीको हकमा भिसा अवधिभर मात्रै मोबाइल नम्बर नेपालमा प्रयोग गर्न सकिनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार