images
images

इभी गाडीको आयात ८६ प्रतिशतले बढ्यो, दुई महिनामा भित्रियो ९ सय ओटा

इभी गाडीको आयात ८६ प्रतिशतले बढ्यो, दुई महिनामा भित्रियो ९ सय ओटा

चालू आवको पहिलो महिना अर्थात साउनमा साउनमा ११० ओटा मात्रै ५० देखि तीन सय किलोवाटसम्मका इभि नेपाल आयात भएको थियो भने भदौ महिनमा भने ७८८ ओटा साना ठूला प्यासेन्जर गाडी नेपाल भित्रिएका छन् ।

सोमवार, असोज ८ २०८०
सोमवार, असोज ८ २०८०
  • इभी गाडीको आयात ८६ प्रतिशतले बढ्यो, दुई महिनामा भित्रियो ९ सय ओटा

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/०८१ को दुई महिना अर्थात साउन र भदौमा करिब ९ सय वटा विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका छन् । भन्सार विभागले हालै सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालू आर्थिक बर्षको दुई महिनामा ८ सय ९८ ओटा विद्युतीय गाडी विभिन्न देशबाट नेपाल भित्रिएको हो । 

    images
    images

    विभागको तथ्याङ्क अनुसार चालू आवको पहिलो महिना अर्थात साउनमा साउनमा ११० ओटा मात्रै ५० देखि तीन सय किलोवाटसम्मका इभि नेपाल आयात भएको थियो भने भदौ महिनमा भने ७८८ ओटा साना ठूला प्यासेन्जर गाडी नेपाल भित्रिएका छन् । साउन महिनाको तुलनामा भदौमा गाडी आयात ८६.०४ प्रतिशतले बढेको छ । 

    सरकारले चालु आर्थिक बर्ष २०८०/८१ को बजेटमा विद्युतीय सवारी साधनको आयातमा प्रोत्साहन गर्ने नीतिसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतले १०० किलोवाटभन्दा माथिको सवारी साधनको आयातमा भन्सार दर र अन्तस्शुल्क घटाएको थियो । 

    बजेट मार्फत करको दर हेरफेरले पनि सुस्ताएको गाडी आयात चाडपर्व नजिकिदै गर्दा बिक्रीसंगै आयात पनि बढेको छ । चालु आर्थिक वर्षको दुई महिनामा २ अर्ब ४३ करोड १५ रुपैयाँ मूल्य बराबरका ८ सय ९८ वटा विद्युतीय कार आयात हुँदा करिब १ अर्ब १२ करोड ६० लाख रुपैयाँ सरकारले कर पाएको भन्सार विभागको तथ्याङकमा उल्लेख छ ।

    दुई महिनमा २०१ देखि ३ सय किलोवाटसम्म मोटर क्षमता भएका ३ ओटा, १०१ देखि २०० किलोवाटसम्म मोटर क्षमता भएको ९ ओटा , ५१ देखि १०० किलोवाटसम्म मोटर क्षमता भएको १ अर्ब ८७ करोड ६४ लाख रुपैयाँको ६ सय ३१ ओटा र ५० किलोवाटसम्मको ४९ करोड ६५ लाख रुपैयाँको २ सय ५५ वटा विद्युतीय कार आयात भएका छन । उक्त तथ्यांकअनुसार बजेटले १०० किलोवाटमाथिको सवारी साधनको आयातमा प्रोत्साहन गरे पनि आकर्षण भने १०० किलोवाटभन्दा कमका सवारीमा देखिएको छ ।

    अधिकांश गाडीहरु चीन र भारतबाट आयात

    नेपाल भित्रिएका गाडी मध्ये अधिकांश गाडीहरु चीन र भारतबाट आयात भएको छ । नेपालमा बिक्री हुने गाडी मध्ये, बीवाईडी, नेटा, एमजी, सेरेस, ओरा, चिनियाँ ब्रान्ड हुन् । त्यस्तै टाटा, हुन्डाइ, महिन्द्रा, किया लगायतका ब्रान्ड भारतबाट आउने गरेका छन् ।

    हाल भदौमा नेपाल आएका गाडी गत महिना नै कम्पनीहरु अर्डर गरेका गाडी हुन ।पछिल्लो समय नेपालमा बिवाईडी एटो थ्रि, एमजी जेटएस, हुन्डाइ कोना सबैभन्दा बढी बिक्री हुने इभि मध्येमा पर्छन । 

    चालु आर्थिक बर्षमा दुई महिनामा सबैभन्दा बढी चीनबाट ५७५ र भारतबाट ३१७ ईभी नेपाल भित्रिएका छन् भने जर्मनीबाट २ र इन्डोनेसियाबाट ४ गाडी नेपाल भित्रिएका छन् । यता गत आर्थिक बर्षको २ महिनामा ४१४ वटा विद्युतीय गाडी आयात भएका थिए । यस वर्षको संख्या गत वर्षको यही अवधिको तुलनामा दोब्बर हो ।

    भन्सारदर र अन्तः शुल्कमा सहुलियत

    सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् १०० किलोवाटभन्दा माथिको सवारी साधनमा भन्सारदर र अन्तः शुल्कमा सहुलियत दिएको थियो । सरकारले २०८०/८१ को बजेटमा विद्युतीय सवारी साधनको आयातमा प्रोत्साहन गर्ने नीतिसहित अर्थमन्त्री डा. प्रकाशशरण महतले १०० किलोवाटभन्दा माथिको सवारी साधनको आयातमा भन्सार दर र अन्तः शुल्क घटाएको थियो ।

    अर्थमन्त्री महतले १०० किलोवाटसम्म १० प्रतिशत र १०१ किलोवाट हुनेबित्तिकै ३० प्रतिशत भन्सार लाग्ने कुरा व्यावहारिक नभएकाले ५ वर्गमा विभाजन गरेर व्यावहारिक मात्र बनाएको बताएका थिए ।अघिल्लो आर्थिक बर्ष २०७९/८० मा तत्कालीन प्रधान्मन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय सवारी साधनको भन्सार दर र अन्तशुल्क बढाएको थियो ।

    अर्थमन्त्री डा. महतले १०० देखि २०० किलोवाटसम्मका विद्युतीय सवारीको भन्सार महसुल २० प्रतिशत र अन्तःशुल्क महसुल समेत २० प्रतिशत कायम गर्ने घोषणा गरेका थिए । यस्तै, सडक निर्माण दस्तुर ५ प्रतिशत पुगेको छ । यो क्षमताका विद्युतीय सवारीमा लाग्दै आएको भन्सार र अन्तःशुल्क समान १०-१० प्रतिशत घटाइएको छ ।

    सरकारले गत आर्थिक बर्ष २०७९/८०  मा तत्कालीन प्रधान्मन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय सवारी साधनको भन्सार दर र अन्तशुल्क बढाएको थियो । उक्त आर्थिक बर्षमा बजेटमार्फत् विद्युतीय सवारी साधनलाई ४ वर्गमा विभाजन गरी १०० किलोवाटसम्मका लागि १० प्रतिशत भन्सार महसुल, १०० देखि २०० किलोवाटसम्मका लागि ३० प्रतिशत भन्सार महसुल र ३० प्रतिशत अन्तःशुल्क, २०० किलोवाटदेखि ३०० किलोवाटसम्मका लागि ४५ प्रतिशत भन्सार महसुल र ४५ प्रतिशत अन्तःशुल्क र ३०० किलोवाटभन्दा माथिका लागि ६० प्रतिशत भन्सार महसुल र ६० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको थियो।

    त्यसलाई परिवर्तन गर्दै यो वर्षको बजेटमार्फत् ५ वर्गमा विभाजन गरी ५० किलोवाटसम्मका लागि १० प्रतिशत मात्र भन्सार महसुल, ५० देखि १०० किलोवाटसम्मका लागि १५ प्रतिशत भन्सार महसुल र १० प्रतिशत अन्तःशुल्क, १०० किलोवाटदेखि २०० किलोवाटसम्मका लागि २० प्रतिशत भन्सार महसुल र २० प्रतिशत अन्तःशुल्क, २०० किलोवाटदेखि ३०० किलोवाटसम्मका लागि ४० प्रतिशत भन्सार महसुल र ४५ प्रतिशत अन्तःशुल्क र सोभन्दा बढी क्षमताको हकमा साविकबमोजिमकै दरमा लाग्ने व्यवस्था गरेको छ ।

    गत बर्ष ११ अर्ब ८४ करोड रुपैयाँको विद्युतीय सवारी आयात

    गत आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्ममा ४ हजार ५० विद्युतीय सवारी साधन नेपालले आयात गरेको थियो । गत आर्थिक वर्षको तथ्यांक अनुसार १ वर्षमा ११ अर्ब ८४ करोड ८५ लाख ५ हजार रुपैयाँ बराबरको ४ हजार ५० वटा विद्युतीय गाडी आयात भएको हो । उक्त विद्युतीय गाडी आयातबाट सरकारले तीन अर्ब ३० करोड ८४ लाख ८७ हजार रुपैयाँ बराबर राजश्व संकलन गरेको तथ्यांक छ ।

    विभागको तथ्यांकअनुसार, गत आर्थिक वर्षको असार महिनामा मात्रै एक सय ८० वटा विद्युतीय गाडी नेपाल भित्रिएको थियो । अघिल्लो आर्थिक वर्ष २०७८/७९मा नेपालमा जम्मा १ हजार ८०७ वटा विद्युतीय सवारी आयात भएका थियो। यो हिसाबले एक वर्षमै विद्युतीय सवारीसाधनको आयात करिब १२५ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा ५० किलोवाट क्षमताका ३ हजार ७५९ वटा, ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका २७२ वटा, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका १५ वटा र २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका ४ वटा सवारीसाधन भित्रिएका छन्। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा विद्युतीय सवारीसाधनको ५ अर्ब ३१ करोड रुपैयाँ बाहिरिएको थियो। 

    विद्युतीय सवारीकै चहलपहल र आर्कषण बढी

    गत भदौ २६ गते ३१ गते (६ दिनसम्म) नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले काठमाडौंको भृकुटीमण्डमा ‘नाडा अटो शो २०२३’ संचालन गरेको थियो । उक्त शोमा पनि विद्युतीय सवारीकै चहलपहल र आर्कषण बढी थियो। 

    विशेषगरि नाडा अटो लक्षित गरेर व्यापारीले विद्युतीय सवारी आयात गरेका हुन् । जसले भदौमा इभिको आयात बढी देखिन्छ । नजिकिएको चाडपर्व र नाडा अटो शोले गर्दा नै भदौमा इभि आयात बढेको हो । त्यसभन्दा अघिल्लो महिनामा अर्थात् साउनमा ३४ करोड ६१ लाख रुपैयाँ बराबरकोको मात्रै ११० वटा इभि नेपाल भित्रिएका थिए । उक्त शोमा करिब ७६ हजार एकसय दर्शकहरुले अबलोकन गरेका थिए । 

    देशभर ५१ चार्जिङ स्टेशन

    नेपाल विद्युत् प्राधिकरणले ५१ स्थानमा विद्युतीय सवारी साधन चार्जिङ स्टेशन सञ्चालन गरेको छ । विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुका ५१ स्थानमा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेशन निर्माण गरेको हो । 

    आन्तरिक रुपमा विद्युत्‌को खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधन प्रयोगमार्फत् वातावरणमैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेशन स्थापना गरेको प्राधिकरणले जनाएको छ ।

    यि हुन् चार्जिङ स्टेशन राखिएका स्थानहरू 

    सि .नं

    चार्जर राख्ने स्थान

    जिल्ला

    जम्मा संख्या

    विर्तामोड वसपार्क

    झापा

    दमक चार्जिङ केन्द्र

    झापा

    विराटनगर वसपार्क

    मोरङ

    इनरुवा वसपार्क

    सुनसरी

    वेलका चार्जिङ केन्द्र

    उदयपुर

    प्रहरी कल्याण कोष पेट्रोल पम्प, कदमाहा

    सप्तरि

    हरिऔन रिफ्रेस सेन्टर

    सर्लाहि

    इलाका प्रहरी कार्यालय, निजगढ

    वारा

    हेटौडा चार्चिङ सेन्टर, रातामाटे

    मकवानपुर

    १०

    पारस वसपार्क

    चितवन

    ११

    मुग्लिन पुल

    चितवन

    १२

    इलाका प्रहरी कार्यालय, खानीखोला

    धादिङ

    १३

    साझा सेवा, वल्खु

    काठमाडौं

    १४

    साझा यातायात

    ललितपुर

    १५

    साझा सेवा

    वनेपा

    १६

    नेपाल पुलिस क्लव

    काठमाडौं

    १७

    नेपाल विद्युत प्राधिकरण

    काठमाडौं

    १८

    लुम्विनी प्रदेश प्रहरी कार्यालय, वुटवल

    रुपन्देही

    १९

    इलाका प्रहरी कार्यालय, वर्दघाट

    नवलपरासी

    २०

    भैरहवा वसपार्क

    रुपन्देही

    २१

    इलाका प्रहरी कार्यालय, गोरुसिँहे

    कपिलवस्तु

    २२

    लमही नयाँ वसपार्क

    दाङ

    २३

    नेपाल ए पि अफ स्कुल,  कोहलपूर

    वाके

    २४

    सशस्त्र प्रहरी बल, वैद्यनाथ वाहिनी कैलाली

    कैलाली

    २५

    नयाँ वसपार्क, सुर्खेत

    सुर्खेत

    २६

    पर्यटक वसपार्क, पोखरा

    कास्की

    २७

    लेकसाइड

    कास्की

    २८

    वसपार्क र हावा घर

    नुवाकोट

    २९

    सिन्धुलीगढी वसपार्क

    सिन्धुली

    ३०

    खुर्कोट रिफ्रेस सेन्टर

    सिन्धुली

    ३१

    इलाका प्रहरी कार्यालय, वर्दिवास

    महोत्तरी

    ३२

    सशस्त्र प्रहरी वल, शैलेश्वरी

    कन्चनपुर

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार