images
Logo
images
images
images

सूर्यज्योति लाइफ इन्स्योरेन्सको पहिलो कर्पोरेट मिट २०८० सम्पन्न

सूर्यज्योति लाइफ इन्स्योरेन्सको पहिलो कर्पोरेट मिट २०८० सम्पन्न

शुक्रवार, असोज १२ २०८०
शुक्रवार, असोज १२ २०८०
  • images
    images
    सूर्यज्योति लाइफ इन्स्योरेन्सको पहिलो कर्पोरेट मिट २०८० सम्पन्न

    काठमाडौँ / धुलिखेल, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरूको व्यक्तित्व विकास र उत्प्रेरणालाई मध्यनजर गर्दै धुलिखेलको होटल सारथीमा कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ । 

    images
    images

    कार्यक्रममा कम्पनीका सञ्चालक द्वय नन्द किशोर शर्मा र हेमन्त नहाटा , कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का लगायत सम्पुर्ण कर्मचारीहरूको सहभागीता रहेको  थियो ।

    उक्त दुई दिने कार्यक्रमको  पहिलो दिन कम्पनीका  प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीको आगामी योजना सम्बन्धी जानकारी गराउँदै यस वर्षको मूल रणनिति ‘गुड टु ग्रेट’ विषयवस्तुमा  प्रस्ट पार्दै सम्पुर्ण सहभागीहरूलाई विस्तृत रूपमा सबै कर्मचारीहरूले आफ्नो सोच, कार्यशैली, ग्राहकलाई पस्किने सेवा र सुशासनमा ल्याउनु पर्ने परिवर्तन सम्बन्धि मार्गनिर्देशन दिएका थिए । 

    कार्यक्रमको दोश्रो दिन मोटिभेसनल स्पिकर बि के रमण नेपालीले सम्पुर्ण सहभागीहरूलाई अन्तर्क्रियात्मक खेलहरू मार्फत व्यक्तित्व  विकास सम्बन्धी तालिम दिएका थिए । 
    प्रमुख कार्यकारी अधिकृत खत्रीले  सूर्या लाइफ र ज्योति लाइफको ऐतिहासिक सफल मर्जरपश्चात कम्पनी हरेक सुचकहरूमा अव्वल हुदै आइरहेको बताउँदै कम्पनीको दुरगामी लक्ष्य प्राप्तिका लागि आफू कटिबद्ध रहेको साथै बिमितको सहज  सेवा सुविधालाई अझै चुस्त दुरूस्त बनाउनका लागि आवश्यक कार्यविधिमा तगारुकताका साथ परिमार्जित गर्दै लैजाने पनि जानकारी गराए । 

    साथै कम्पनीका सञ्चालक नन्द किशोर शर्माले कर्मचारीहरूको व्यक्तित्व बिकाश र हितका लागि सदैव  सञ्चालक समितिको  साथ रहेको र  कम्पनीले संस्थागत सूसाशनमा जोड  दिदै जाने र नियामक निकाय  बीमा प्राधिकरण बाट जारी भएका नीति नियमहरू अनिवार्य पालना गर्नु पर्नेमा ध्यानकर्षण गराए । 
    कार्यक्रममा सहभागी कर्मचारीहरूले दैनिक कार्यतालिकाबाट बाहिर निस्केर यस प्रकारको कार्यक्रममा  सहभागी हुन पाउँदा उत्साहित रहेको र आफुलाई थप जोशजाँगर तथा आत्माविश्वास बढेको कुरा सुनाए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार