images
Logo
images
images
images

हिमालयन लाइफको व्यक्तिगत बिमालेखमा ब्याज र जरिवानामा छुट सुविधा

हिमालयन लाइफको व्यक्तिगत बिमालेखमा ब्याज र जरिवानामा छुट सुविधा

आइतवार, कार्तिक १२ २०८०
आइतवार, कार्तिक १२ २०८०
  • images
    images
    हिमालयन लाइफको व्यक्तिगत बिमालेखमा ब्याज र जरिवानामा छुट सुविधा

    काठमाडौँ / हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले छुट सुविधा ल्याएको छ । कम्पनीले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज जरिवाना)मा छुट सुविधा ल्याएको हो ।

    images
    images

    साबिकको प्राइम लाइफ इन्स्योरेन्स, यूनाइटेड लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बिमा गराई ब्यतित भएका बिमालेखहरूमा छुट सुविधा दिइने कम्पनीले जनाएको छ । 

    कम्पनीका अनुसार कार्तिक १० गतेदेखि २२ गतेसम्ममा नवीकरण पुनर्जागरण गर्दा बिमाशुल्कमा लाग्ने विलम्ब शुल्क ब्याज जरिवानामा छुट हुनेछ । तीन वर्षसम्मको बिमालेख व्यतीत अवधिमा ब्याज र जरिवाना शतप्रतिशत छुट हुनेछ ।

    त्यस्तै, तीन वर्ष माथिदेखि ७ वर्षसम्मको अवधिको ब्याज र जरिवानामा ५० प्रतिशत छुट हुनेछ भने सात वर्षदेखि जतिसुकै अवधिकोमा ब्याज र जरिवाना २५ प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ । यस किसिमको ब्यतित बिमालेखमा पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बिमा अवधिभर एक पटक मात्र प्रदान गरिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार