images
Logo
images
images
images

पहिलो त्रैमासमा हिमालयन लाइफले कमायो २४ करोडभन्दा बढी नाफा, अन्य सूचक कस्तो ?

पहिलो त्रैमासमा हिमालयन लाइफले कमायो २४ करोडभन्दा बढी नाफा, अन्य सूचक कस्तो ?

शुक्रवार, मंसिर १ २०८०
शुक्रवार, मंसिर १ २०८०
  • images
    images
    पहिलो त्रैमासमा हिमालयन लाइफले कमायो २४ करोडभन्दा बढी नाफा, अन्य सूचक कस्तो ?

    काठमाडौँ / हिमालयन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमासिक वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ ।

    images
    images

    बीमा कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार तीन महिनासम्ममा २४ करोड १३ लाख नाफा आर्जन गरेको छ । उक्त नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३५.३८ प्रतिशतले बढी हो । गत आवको उक्त अवधिसम्ममा कम्पनीले १७ करोड ८३ लाख नाफा कमाएको थियो । 

    यस्तै, गत आवको तुलनामा चालू आवमा कम्पनीको कुल आम्दानी १२.८१ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले गत आवमा कुल ५ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको थियो । चालू आवमा उक्त आम्दानी बढेर ५ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। 

    यस्तै, ३ महिनाको अवधिमा कम्पनीले ४ अर्ब ३८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जनबाट कम्पनीले १५ करोड ४५ लाख रुपैयाँ पुनर्बीमामा खर्चिएको छ भने ४ अर्ब २२ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन १४.४९ प्रतिशतले वृद्धि हुँदा खुद बीमा शुल्क आर्जन ११.०७ प्रतिशतले वृद्धि भएको छ ।

    त्यस्तै तीन महिनाको अवधिमा कम्पनीले अभिकर्ता कमिशन अन्तर्गत ३६ करोड १ लाख खर्च गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३६ करोड २३ लाख खर्च गरेको थियो ।

    ८ अर्ब २ करोड चुक्ता पुँजी भएको कम्पनीको संचित मुनाफा ५५.६१ प्रतिशतले वृद्धि हुँदै १ अर्ब १५ करोड संचित भएको छ । त्यस्तै अन्य इक्वीटी १० करोड ४५ लाख पुगेको छ । जीवन बीमा कोष असार मसान्तको तुलनामा ६ दशमलव २२ प्रतिशतले वृद्धि हुँदै ५५ अर्ब ३६ करोड पुगेको छ। असार मसान्तमा जीवन बीमा कोष ५२ अर्ब १२ करोड थियो ।

    यता, पहिलो त्रैमाससम्ममा कम्पनीको नाफाबढेसँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १२.०४ रुपैयाँ छ । यस्तै,  प्रति शेयर नेटवर्थ १२१ रुपैयाँ ६२ पैसा छ ।

    कम्पनीले रिटेन्ड अर्निङमा १ अर्ब १५ करोड रुपैयाँ र महाविपत्ती कोषमा ४७ करोड ६ लाख रुपैयाँ सञ्चित गरेको छ । यसैगरी, कम्पनीको मूल्य आम्दानी अनुपात ३२.३० गुणा रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार