images
images

बेलायती कम्पनीलाई सेयर बेचेर एनसेलबाट बाहिरियो आजियाटा, कतिमा भयो खरिद-बिक्री सम्झौता ?

बेलायती कम्पनीलाई सेयर बेचेर एनसेलबाट बाहिरियो आजियाटा, कतिमा भयो खरिद-बिक्री सम्झौता ?

शुक्रवार, मंसिर १५ २०८०
शुक्रवार, मंसिर १५ २०८०
  • images
    images
    बेलायती कम्पनीलाई सेयर बेचेर एनसेलबाट बाहिरियो आजियाटा, कतिमा भयो खरिद-बिक्री सम्झौता ?

    काठमाडौँ / आजियाटा समूहले बेलायती कम्पनीलाई ८० प्रतित सेयर बेचेर बाहिरिएको छ । एनसेलको ६ अर्ब ६५ करोड रुपैयाँमा स्पेक्ट्रलाइट यूकेलाई एनसेल बिक्री गरेको हो । उक्त कम्पनी नेपाली मूलका सिंगापुर निवासी शतिशलाल आचार्यको रहेको छ । दुई महिना अघि अर्थात २०२३ सेप्टेम्बरमा खुलेको उक्त कम्पनीमा आचार्य र डेन्टन्स् सेक्रेटरिज लिमिटेडको संयुक्त लगानी रहेको छ । 

    images
    images

    लगातार व्यापार खुम्चँदै जाँदा र कर लगायत प्रकरणका कारण साख गिर्दै गएपछि व्यवसायिक चुनौती बढेको उल्लेख गर्दै आजियाटाले बुधबार मात्रै नेपालबाट बाहिरिने निर्णय गरेको सार्वजनिक गरेको थियो । 

    एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले चालू आवको हालसम्म आजियाटाको खुद घाटा १ अर्ब ३० करोड मलेसियन रिंगिट पुगेको कम्पनीका सिइओ तथा प्रबन्ध निर्देशक विवेक सूदले बताएका थिए । 

    एनसेलमा आजियाटाको ८० प्रतिशत सेयर रहेको छ । बाँकी २० प्रतिशत सेयर भने नेपाली साझेदार सतिशलाल आचार्य र सचिनलाल आचार्यको सुनिभेरा क्यापिटल भेन्चर प्रालिको स्वामित्वमा रहेको थियो । आजियटाले सन् २०१६ मा एनसेलमा रहेको रेनोल्डस् होल्डिङको ८० प्रतिशत सेयर १ खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरेको थियो ।

    सन् २०२९ मा कम्पनीको इजाजतपत्रको म्याद समाप्त हुने अतिरिक्त जोखिम, त्यसपछि आजियटाको हिस्सेदारी स्वतः सरकारको नाममा जाने र नेपालमा विदेशी लगानी संरक्षणको प्रतिकूल वातावरणलाई ध्यानमा राख्दै आजियटाले एनसेलको सेयर बिक्री गर्ने निर्णय लिएको जनाएको छ ।

    आजियटाले ५ करोड अमेरिकी डलरमा आफ्नो स्वामित्वको सेयर बेचेको र ५० लाख डलर ६ महिनाभित्र र बाँकी चार वर्षपछि भुक्तानी गर्ने गरी बेचेको विज्ञप्तिमा उल्लेख छ ।

    सन् २००१ मा स्पाइस नेपाल प्रालिको रूपमा स्थापित कम्पनीले सन् २००५ मा व्यवसाय सुरु गरेको थियो । कम्पनीले सुरुमा मेरो मोबाइल ब्रान्डमा दूरसञ्चारको सेवा दिँदै आएको थियो । स्विडिस कम्पनी टेलिया सोनेराले कम्पनीले सेयर बिक्री गरेपछि आजियाटाले एनसेलमा ८० प्रतिशत स्वामित्व लिने गरी १ खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढी तिरेको थियो। 

    notice ncell.jpg

    युरोपियन टेलिकम जाइन्ट टेलियासोनेराले स्वामित्व लिएपछि कम्पनीले ‘एनसेल’ ब्रान्डको नाममा सेवा दिँदै आएको छ ।  साथै, कम्पनीले सन् २०१६ मा एनसेल प्रालिको रूपमा कम्पनीको नाम परिणत गरेको थियो ।  ८० प्रतिशत सेयर राखेको आजियाटाले ७ बर्षपछि नेपालबाट बाहिरिने निर्णय गरेको हो । सात वर्षको अवधिमा एनसेलले आजियटालाई २ अर्ब २ करोड रुपैयाँ लाभांश दिएको छ ।

    एनसेलले हाल १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो सेवा प्रदान गरिरहेको जनाएको छ ।

    स्थापनादेखि गत आर्थिक वर्ष २०७८/७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको जनाएको छ । कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको जनाएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार