images
images

सुनको मूल्यमा नयाँ कीर्तिमान : अझै बढ्ला मूल्य ?

सुनको मूल्यमा नयाँ कीर्तिमान : अझै बढ्ला मूल्य ?

सिजनमै सुनसान छ बजार

आइतवार, मंसिर १७ २०८०
आइतवार, मंसिर १७ २०८०
  • images
    images
    सुनको मूल्यमा नयाँ कीर्तिमान : अझै बढ्ला मूल्य ?

    काठमाडौँ / आइतबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य हालसम्मकै उच्च कायम भएको हो । गत शुक्रबारको तुलनामा प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर आज छापावाल सुनको मूल्य १ लाख २० हजार ८ सय रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै, तेजावी सुनको मूल्य १ लाख २० हजार २ रुपैयाँ पुगेको छ । 

    images
    images

    गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ४ सय ५० रुपैयाँ पुगेको थियो । यता, चाँदीको भाउले आज नयाँ मूल्य बनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ५ सय ४० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार हुनेछ । 

    किन बढ्यो मूल्य ?

    अन्तर्राष्ट्रिय बजारमा मूल्य बृद्धि भएको कारण नेपाली बजारमा सुनचाँदीको भाउ महँगिएको हो । अन्तर्राष्ट्रिय बजारमा हुने सुनको मूल्य निर्धारणले नै नेपाली बजारमा पनि मूल्य तोकिन्छ । नेपाली बजारको मागले मूल्यमा खासै भूमिका खेल्दैन । नेपालमा रहेका सुनचाँदी व्यवसायी महासङ्घहरूले जुन दिन सुनको मूल्य तोक्ने हो, सोही दिन ११ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यलाई आधार लिन्छन् ।

    लगानीका मुख्य क्षेत्र अमेरिकी डलर र पेट्रोलियम पदार्थका तुलनामा सुन नै सबैभन्दा सुरक्षित र प्रतिफल योग्य ठानिएकाले यसको मूल्य लगातार बढ्दो क्रममा देखिएको छ । त्यस्तै, नेपालले डलरको आधारमा विदेशी राष्ट्रसँग व्यापार गर्ने गर्दछ । जसले गर्दा डलरको मूल्य बढ्दा सुनको मूल्य स्वतः प्रभावित हुन्छ ।

    यद्यपि, डलरको मूल्य बढ्दा नेपालको अर्थतन्त्र प्रभावित भए पनि विश्व बजारमा पछिल्लो समय डलरको विश्वसनीयता कम भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । नेपालको विदेशी मुद्रा विनिमय दरले पनि सुनको मूल्यलाई तलमाथि पारिरहेको हुन्छ।

    अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले सुन होल्ड गरेर राख्दा पनि मूल्यमा दबाव पर्छ । त्यस्तै, अमेरिकामा ब्याजदर वृद्धि रोक्ने अनुमानका कारण सुनको भाउ वृद्धि भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यस्तै, २०२४ मा विश्वव्यापी मन्दीको डर, बढ्दो मूल्यवृद्धि र विश्वभरका केन्द्रीय बैङ्कहरूले सञ्चितीका लागि सुन खरिद गर्दा मूल्य प्रभावित भएको हो ।

    अझै बढ्ला मूल्य ?

    अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा ‘डी-डलराइजेसन’ सुरु भएमा मूल्य अझै बढ्ने अध्यक्ष शाक्यको भनाइ छ । पछिल्लो समय कतिपय देशले वैदेशिक व्यापारका क्रममा होस् वा इन्धनको कारोबारमा अमेरिकी डलरको विकल्पमा आआफ्नै मुद्राको प्रयोग गर्न थालेका छन्। रुस, चीन, इरान, ब्राजिल र भारतलगायत देश डलरको विकल्पमा अर्को मुद्रा चलाउनुपर्ने पक्षमा छन् । जसले गर्दा मूल्य अझै बढ्ने उनले बताए । 

    उनका अनुसार सुनको मूल्य बढेर ३ हजार डलर पुग्ने अनुमान गरिएको छ । सुनको तौल प्रतिऔँस बराबर ३१.१ ग्राम  हुन्छ । सुनबाहेक अन्य वस्तुमा भने प्रतिऔँस बराबर २८.३४ ग्रामले हिसाब गरिन्छ ।

    त्यस्तै, प्रतितोला सुन ११.६६४ ग्राम बराबर हुन्छ ।  अहिले डलरको बिनिमयदर एक सय ३३ रुपैयाँ ७० पैसा छ । यदी, सुनको मूल्य प्रतिऔँश ३ हजार डलर पुगेमा नेपालमा नेपालमा प्रतिऔँस सुनको करिब ४ लाख रुपैयाँ पर्न आउँछ । जसअनुसार एक तोला सुनको भाउ प्रतितोला डेढ लाख रुपैयाँभन्दा बढी पर्ने देखिन्छ । 

    सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सुन र चाँदीको भन्सार दर १५ प्रतिशतले वृद्धि गरेको थियो । १५ प्रतिशत राजस्व र बैङ्कको ब्याजदरलगायतको खर्च गरी अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्य झण्डै १८ प्रतिशत बढी रहेको छ । यसकारण अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा सुनको मूल्य उच्च हुने गरेको छ । 

    सिजनमै सुनसान छ बजार 

    मूल्य उच्च हुँदा बजारमा सुन खरिद गर्ने उपभोक्ताको चहलपहल नभएको अध्यक्ष शाक्यले बताए । माग नहुँदा सुनको आयात पनि घटेको भन्सार विभागको तथ्याङ्क छ । विभागका अनुसार चालु आवको कार्तिक मसान्तसम्म ८ अर्ब २० करोड ८१ लाख रुपैयाँ बराबरको १ हजार केजी ५०० ग्राम मात्रै सुन आयात भएको छ ।

    गत आवको सोही अवधिमा नेपालले ७ अर्ब ९५ करोड १८ लाख रुपैयाँ बराबरको १ हजार १ सय १६ केजी ५४६ ग्राम सुन आयात भएको थियो । जुन ११६ केजी अर्थात १०.३९ प्रतिशतले कम हो ।

    आर्थिक मन्दीको मार खेपिरहेको नेपालमा सुनको मूल्य वृद्धि हुँदा अर्थतन्त्रमा थप दबाव पुग्ने देखिन्छ । सिजनको समयमा सुनको मूल्य वृद्धि हुँदा र आर्थिक मन्दीका कारण सोचेजस्तो व्यापार हुन नसकेको अध्यक्ष शाक्यले बताए । उनले भने, “बजार सुनसान छ । सोचेजस्तो व्यापार छैन । अब नेपालीहरूले सुन किन्न सक्दैनन् । अब सुनको मूल्य नेपालीहरूको पर्चेज क्यापसिटीभन्दा बाहिर जाने देखिन्छ ।”

    आधारभूत खर्चका लागि पैसा नभएको समयमा सुनमा खर्च गर्दैनन् । जसले गर्दा नेपाली बजारमा खरिद गर्नेभन्दा बिक्री गर्ने बढी देखिएको व्यवसायीहरू बताउँछन् । भूकम्पअघि लगनको समयमा ६० किलो सुन खपत हुन्थ्यो भने अहिले ४० किलोमा सीमित भएकोमा बढ्दो मूल्यवृद्धिले अझै खपत घट्ने व्यवसायीहरूको भनाइ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार