images
images

सुनको मूल्यमा दैनिक नयाँ कीर्तिमान, मंसिर महिनामै प्रतितोला ६ हजारबढीले महँगियो

सुनको मूल्यमा दैनिक नयाँ कीर्तिमान, मंसिर महिनामै प्रतितोला ६ हजारबढीले महँगियो

सोमवार, मंसिर १८ २०८०
सोमवार, मंसिर १८ २०८०
  • images
    images
    सुनको मूल्यमा दैनिक नयाँ कीर्तिमान, मंसिर महिनामै प्रतितोला ६ हजारबढीले महँगियो

    काठमाडौँ / सुनको मूल्यले दैनिक नयाँ कीर्तिमान बनाउँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै सिजनको समयमा नेपाली बजारमा सुनको भाउ आकाशिएको हो ।

    images
    images

    महासङ्घले सार्वजनिक गरेको मूल्य सूची अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ र तेजावी सुन १ लाख २१ हजार रुपैयाँ रहेको छ । यता, चाँदीको भाउ भने स्थिर रहेको छ । यो दिन चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँ पर्ने भएको छ । मंसीर महिना विवाहको मौसम हो ।

    बर्षाको तुलनामा भदौदेखि बैशाखसम्म नेपाली बजारमा सुनको माग बढ्ने गर्छ । यो मौसममा विवाह, ब्रतबन्धलगायतका विभिन्न शुभकार्य हुने हुँदा सुनको कारोबार र प्रयोग बढी हुने भएको हो । तर, मूल्य आकाशिएपछि सिजनको समयमा बजार सुनसान रहेको व्यवसायीहरू बताउँछन् । 

    मूल्य बढेसँगै नेपाली बजारमा खरिद गर्नेभन्दा बिक्री गर्ने बढी देखिएको व्यवसायीहरूको भनाइ छ । भूकम्पअघि लगनको समयमा ६० किलो सुन खपत हुने गरेकोमा अहिले ४० किलो सुन पनि खपत हुन नसकेको उनीहरू बताउँछन् ।

    मंसिर महिनामा मात्रै सुनको मूल्य प्रतितोला ६ हजार १ सय रुपैयाँले बढेको हो । मंसिर १ गते प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अहिले ६ हजारबढीले वृद्धि भएर १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार