images
images

ओपन गल्फ प्रतियोगितामा १४३ प्रतियोगी मध्ये बाबु शेर्पाले जीते उपाधी

ओपन गल्फ प्रतियोगितामा १४३ प्रतियोगी मध्ये बाबु शेर्पाले जीते उपाधी

आइतवार, मंसिर २४ २०८०
आइतवार, मंसिर २४ २०८०
  • images
    images
    ओपन गल्फ प्रतियोगितामा १४३ प्रतियोगी मध्ये बाबु शेर्पाले जीते उपाधी

    एनसेलले गोकर्ण गल्फ क्लबमा मंसिर २२ र २३ मा आयोजना गरेको ‘एनसेल ओपन गल्फ प्रतियोगिता’ शनिवार सकियो । यस प्रतियोगितामा १४३ प्रतियोगीहरुको सहभागी थिए । 

    images
    images

    एनसेलले आयोजना गरेको यस दुई दिने गल्फ प्रतियोगिताले गल्फ खेलाडीहरु तथा यस खेलका पारखीहरुलाई एउटै प्लेटफर्ममा ल्याई प्रतियोगितालाई एक स्मरणीय उत्सव बनाएको एनसेलले जनाएको छ । 

    एनसेल ओपन गल्फ प्रतियोगितामा बाबु शेर्पा मुख्य उपाधी जित्न सफल भए ।  शनिवार गोकर्णमा ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिता १२ ह्यान्डीक्यापमा खेलेका शेर्पाले ४२ अंक जोड्दै विजयी भएका थिए । यस प्रतियोगिताको पुरस्कार स्वरुप शेर्पाले ट्रोफि र सामसङ ग्यालेक्सी जेड फोल्ड फाइभ जित्न सफल भएका छन् । 

    ४१ प्वाइन्टसहित बराबरमा रहेका प्रदिप केसी र स्वदेश   गुरुङबीच ब्याक नाइनमा २३ अंक जोड्दै केसी रनर अफ भए । केसीले पुरस्कार स्वरुप ट्रोफि र फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरेका छन् । 

    ३९ ग्रस अंक जोड्दै बेस्ट ग्रसको उपाधि शदभाव आचार्यले जित्न सफल भए । आचार्यले लङ्गेस्ट ड्राइभको पुरस्कार पनि जित्न सफल भए । उनले ट्रोफिसँगै सामसङको ग्याल्याक्सी जेड फ्ल्पि पुरस्कार स्वरुप प्राप्त गरे । 

    त्यस्तै ३८ प्वाइन्ट बनाउँदै महिला तर्फको खेलमा तारा कार्की चित्रकार विजयी भएकी छिन् र उनले ट्रोफिसँगै फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गर्नुभएको छ भने गिता गुरुङ ३२ प्वाइन्ट बनाउँदै महिला तर्फको खेलमा रनरअप भइन् ।

    ३७ प्वाइन्टको साथ रविन्द्र पुरुष ढकाल सिनियर्स तर्फबाट (६० वर्ष भन्दा माथि) विजयी भएका छन् । त्यस्तै होलको आठ इन्च नजिक बल प्रहार गरेर क्लोजेस्ट टू द पीनको उपाधि ज्ञान बाहादुर धेन्गाले जिते भने नोर्बु शेर्पाले ६ बर्डिज्का साथ मोस्ट बर्डिजको उपाधि जित्न सफल भए । 

    यो प्रतियोगिता ३÷४ ह्यान्ड्याप स्टेबलफोर्ड ढाँचामा खेलिएको थियो ।

    ncell2.jpg

    एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र गोकर्ण गल्फ क्लबका क्याप्टेन सहित अन्य पाहुनाहरुले विजयीहरुलाई पुरस्कार हस्तानतरण गरका थिए । 

    गल्फ प्रतियोगितामा आफ्नो उत्साह व्यक्त गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “यस प्रतियोगितालाई हामीले हाम्रा गल्फप्रेमी ग्राहकहरूलाई एक अनुपम अनुभव प्रदान गर्न सक्षम भएका छौं भन्ने प्रमाणका रूपमा हेरेका छौं । यो केवल एक प्रतियोगिता मात्र नभई सम्बन्धहरु स्थापित गर्ने, मित्रता गाँस्ने र हाम्रा साझेदारहरूसँग दीर्घकालीन सम्बन्धहरू बनाउने कार्यक्रम पनि हो । गोकर्ण फरेस्ट रिसोर्ट, प्रायोजकहरू र यस कार्यक्रमलाई सम्भव बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने हाम्रा सबै साझेदारहरूलाई कृतज्ञता व्यक्त गर्न चाहन्छु । तपाईंहरुको समर्थन र सहयोगी भावनाहरु सफलताका लागि महत्त्वपूर्ण छ ।”
     
    यस प्रतियोगिताबाट एनसेलले रु २ लाख ८६ हजार गल्फ प्रतियोगिताका लागि दर्ता शुल्कवाफत संकलन गर्न सफल भएको छ । संकलित रकममा एनसेलले थपेर हालै कर्णाली प्रदेशमा गएको भूकम्पका कारण क्षतिग्रस्त जाजरकोट र पश्चिम रुकुमको पुनर्निर्माण कार्यका लागि सहयोग स्वरुप प्रदान गर्नेछ ।

    एनसेल ओपन गल्फ प्रतियोगितालाई सामसुङ नेपाल, फ्लाई दुबई र फ्लाई दुबई होलिडेस, द टेरेसेस रिसोर्ट एन्ड स्पा, दुसित प्रिन्सेस, कोका–कोला बेभरेजेज् नेपालले सहयोग गरेको थियो । एनसेलले यो गल्फ प्रतियोगिता ६÷६ महिनाको एक पटक गरि वर्षमा दुई पटक आयोजना गर्नेछ ।

    एनसेलको बारेमा 
    एनसेल नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ । 

    सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ । उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ । यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डो¥याइरहेको छ । 

    एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गत आर्थिक वर्ष २०७८÷७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । 
    एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्ध  जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार