images
Logo
images
images
images

नेपाल टेलिकमले प्राधिकरणलाई बुझायो एकमुष्ट २० अर्ब रूपैयाँ

नेपाल टेलिकमले प्राधिकरणलाई बुझायो एकमुष्ट २० अर्ब रूपैयाँ

बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • images
    images
    नेपाल टेलिकमले प्राधिकरणलाई बुझायो एकमुष्ट २० अर्ब रूपैयाँ

    काठमाडौँ / नेपाल टेलिकमले प्राधिकरणलाई एकैपटक २० अर्ब रूपैयाँ बुझाएको छ। 

    images
    images

    जिएसएम मोबाइल सेवाको अनुमतिपत्र लिएबापत टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने २० अर्ब रूपैयाँ बुझाएको हो । 

    नेपाल टेलिकमले २०५६ सालमा जिएमएम सेवाको लागि अनुमतिपत्र लिएको थियो। सेवा लिएबापत कम्पनीले २०७६ सालमै तेस्रो नवीकरण दस्तुर बुझाउनुपर्ने थियो। तर सो रकम कम्पनीले गत मंगलबार बुझाएको हो।

    टेलिकमको २५ वर्षे लाइसेन्स म्याद वैशाख २८ गते सकिँदैछ। अर्थात् अनुमतिपत्रको २५ वर्ष अवधि पूरा हुँदैछ। यसपछि कम्पनीले नयाँ अनुमति पत्र लिनुपर्ने हुन्छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार