images
images

युक्रेनमा रूसको क्षति ‘व्यापक’ : जर्मन जनरल

युक्रेनमा रूसको क्षति ‘व्यापक’ : जर्मन जनरल

शुक्रवार, पुस १३ २०८०
शुक्रवार, पुस १३ २०८०
  • युक्रेनमा रूसको क्षति ‘व्यापक’ : जर्मन जनरल

    युक्रेनमा रूसले ठूलो मानवीय तथा भौतिक क्षति बेहोर्नुपरेको र यस द्वन्द्वबाट रूस कमजोर हुने जर्मनीका एक वरिष्ठ सैनिक अधिकारीले शुक्रबार प्रकाशित एक अन्तर्वार्तामा बताएका छन् ।

    images
    images

    सन् २०२२ को फेब्रुअरीमा आक्रमण सुरू गरेको रूसी सेनाविरुद्धको युद्धका लागि पश्चिमी समर्थन कायम राख्न कीएभ लडिरहेका बेला यो अन्तर्वार्ता आएको हो ।

    “तपाईंलाई थाहा छ, पश्चिमा गुप्तचर निकायका अनुसार तीन लाख रूसी सैनिक मारिएका छन् वा यति गम्भीर घाइते भएका छन् । उनीहरूलाई युद्धका लागि परिचालन गर्न सकिँदैन,” कीभका लागि जर्मन सेनाको समर्थन हेर्ने क्रिश्चियन फ्रायडिङले सुइड ड्युचे जेइटुङ पत्रिकासँग बताउनुभयो । 

    यसै महिनाको सुरुमा सार्वजनिक भएको अमेरिकी गुप्तचर निकायले युक्रेनमा युद्ध सुरु भएयता तीन लाख १५ हजार रूसी सैनिक मारिएको वा घाइते भएको सङ्केत गरेको थियो ।

    जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसका प्रमुख सल्लाहकारसमेत रहेका फ्रायडिङले भन्नुभयोे, “रूसले मानिस र सामग्रीको ठूलो क्षति बेहोर्नुपरेको छ ।”

    रूसले हजारौं युद्धक ट्याङ्की र इन्फेन्ट्री लडाकू सवारी साधन पनि गुमाएको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “भौतिक र सैनिक दुवै हिसाबले कमजोर भएको यो युद्धबाट रूसी सशस्त्र बल बाहिर निस्कनेछ ।”

    फ्रायडिङका अनुसार रूसले ‘कैदीको प्रयोगसहित’ सैनिक भर्तीलाई निरन्तरता दिएको र रूसको हतियार उद्योगमा ठूलो लगानी भइरहेको छ । 

    रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२३ मा मस्कोले स्वेच्छाले सेनाका लागि चार लाख ८६ हजार सैनिक भर्ना गरेको र अर्को वर्ष सेनालाई बलियो बनाउने प्रयासले तीव्रता पाउने बताउनुभएको थियो । 

    रूसको रक्षा क्षमतालाई बढावा दिने वाचा गर्नुभएकोले अर्थव्यवस्था युद्ध प्रयासतर्फ मोडियो र क्रेमलिनले व्यापक पश्चिमी प्रतिबन्धहरूको प्रभावलाई बेवास्ता गरिरहेको उहाँले बताउनुभयो । 

    जर्मन जनरल फ्रायडिङले रूसले युद्धको सुरुवातमा पश्चिमी सहयोगीहरूले अपेक्षा गरेकोभन्दा बढी ‘लचीलोपन’ प्रदर्शन गरिरहेको दावी गर्नुभयो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार