images
images

२० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक, बोलकबोल आजै हुने

२० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक, बोलकबोल आजै हुने

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि संकलन गर्न लागेको निक्षेपको आज बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

बिहिवार, पुस १९ २०८०
बिहिवार, पुस १९ २०८०
  • images
    images
    २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक, बोलकबोल आजै हुने

    काठमाडौँ / बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।

    images
    images

    बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि संकलन गर्न लागेको निक्षेपको आज बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मध्यान्ह २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

    बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत पैसा खिच्ने गर्छ । यसको अवधि २१ दिनको रहेको छ । यसको साँवा र ब्याज भुक्तानी माघ ११ गते हुने छ । ब्याजदर भने बोलकबोल माध्यमबाट तय गरिने छ ।

    बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार