images
images

सुदूरपश्चिम प्रदेशमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढ्यो, निक्षेपकर्ता तथा ऋणीहरुको संख्या कति ?

सुदूरपश्चिम प्रदेशमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढ्यो, निक्षेपकर्ता तथा ऋणीहरुको संख्या कति ?

मंगलवार, पुस २४ २०८०
मंगलवार, पुस २४ २०८०
  • सुदूरपश्चिम प्रदेशमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढ्यो, निक्षेपकर्ता तथा ऋणीहरुको संख्या कति ?

    काठमाडौँ / आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिम प्रदेशमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ।

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९/८० को प्रदेशस्तरको आर्थिक गतिविधि प्रतिवेदनले प्रदेशमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको देखाएको हो। 

    २०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०७९ असार मसान्तको तुलनामा १६.०९ प्रतिशतले बढ्न गई १ खर्ब ३४ अर्ब २६ करोड २० लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो निक्षेप ५.८६ प्रतिशतले वृद्धि भएको थियो ।

    यस्तै, यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा २०७९ असार मसान्तको तुलनामा १.५० प्रतिशतले वृद्धि भई १ खर्ब ५१ अर्ब ७१ करोड २९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १७.४२ प्रतिशतले वृद्धि भएको थियो । 

    1.JPG

    समीक्षा वर्षसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ४७.२८ प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम अर्थात् २.५० प्रतिशत रहेको छ । 

    त्यसैगरी, समीक्षा वर्षसम्ममा अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ६८.७९ प्रतिशत र बाजुरा जिल्लाको सबैभन्दा कम अर्थात् ०.९८ प्रतिशत प्रतिशत रहेको छ । 

    जिल्लागत निक्षेप तथा कर्जाको अवस्था (दश लाखमा)

    2.JPG

    यस्तै, असार मसान्तसम्म कुल निक्षेपकर्ताको संख्या २०७९ असार मसान्तको तुलनामा १३.७७ प्रतिशतले बढ्न गई ३४ लाख ३६ हजार ६ सय ७३ पुगेको छ भने कुल ऋणीको संख्या गत आ.व.को तुलनामा ७.६० प्रतिशतले घट्न गई ९९ हजार ७ सय ६१ पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

    1.JPG

    त्यसैगरी, समिक्षा अवधीमा विपन्न वर्गको कर्जा २०७९ असार मसान्तको तुलनामा ३.० प्रतिशतले घट्न गई ११ अर्ब ७१ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो कर्जा ४.४३ प्रतिशतले वृद्धि भएको थियो । यसैगरी, २०८० असार मसान्तसम्म सहुलियतपूर्ण कर्जा २०७९ असार मसान्तको तुलनामा ८.३९ प्रतिशतले घट्न गई ९ अर्ब ६७ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो कर्जा ४०.२४ प्रतिशतले वृद्धि भएको थियो । पुनरकर्जा भने समीक्षा वर्षमा प्रवाह भएको छैन् ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार