images
images

सिटिजन्स बैङ्कद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाई मेसिन प्रदान

सिटिजन्स बैङ्कद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाई मेसिन प्रदान

सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • images
    images
    सिटिजन्स बैङ्कद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाई मेसिन प्रदान

    काठमाडौँ / सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत फातिमा फाउन्डेसन नेपाललाई सहयोग प्रदान गरको छ । बिगत १७ वर्षदेखि आम नेपाली सर्वसाधरण ग्राहकवर्गहरूको घरदैलोमा सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको सो बैङ्कले विपन्न पृष्ठभूमिका महिलाहरूलाई सहयोग गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरेको हो । 

    images
    images

    बाँके जिल्लामा अवस्थित फातिमा फाउन्डेसन महिलाले नेतृत्व गरि चलाउँदै आएको एक सामाजिक संस्था हो जसले मुस्लिम, मधेशी र अन्य पिछडिएका बर्गका महिला तथा बालबालिकाहरूको हकहितका लागि काम गर्दै आएको छ । 

    बैङ्कले फातिमा फाउन्डेसनमा आवद्ध विपन्न पृष्ठभूमिका महिलाहरूलाई स्वरोजगार सृजना गर्ने उद्देश्यका साथ २० वटा सिलाई मेसिन सहयोग स्वरूप वितरण गरेको छ । बैङ्कले यस कार्यबाट विपन्न समुदायका महिलाहरूमा रोजगारीको अवसर सृजना हुने, आय आर्जन हुने र उनीहरूको जीवनशैलीको पनि स्तरोन्नति हुने विश्वास लिएको छ ।

    संस्थामा आयोजित एक समारोहकाबिच बैङ्कका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरूप सिलाई मेसिनहरू हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैङ्कको यो सानो पहलले महिलाहरूलाई आत्मनिर्भर बन्न र उनीहरूको जीवनस्तर उकास्न मद्दत गर्ने विश्वास व्यक्त गरे । विपन्न समुदायका महिलाहरूलाई सहयोग प्रदान गर्न पाँउदा आफु हर्षित भएको पनि बताए ।

    बैङ्कले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने योजना रहेको जानकारी गराएको छ । 

    सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग इकाईहरूबाट १७ लाख ३० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार