images
images

राष्ट्र बैङ्कको तथ्याङ्क : आयातसँगै घट्यो निर्यात, व्यापार घाटा कति ?

राष्ट्र बैङ्कको तथ्याङ्क : आयातसँगै घट्यो निर्यात, व्यापार घाटा कति ?

बिहिवार, पुस २६ २०८०
बिहिवार, पुस २६ २०८०
  • राष्ट्र बैङ्कको तथ्याङ्क : आयातसँगै घट्यो निर्यात, व्यापार घाटा कति ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा कुल वस्तु निर्यात–आयात दुवै घटेको छ ।

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति तथ्याङक अनुसार ५ महिनामा आयात ३.४ प्रतिशतले कमी आई ६ खर्ब ४२ अर्ब २१ करोड रुपैयाँमा सिमित भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २०.७ प्रतिशतले कमी आएको थियो ।

    वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः १.३ प्रतिशत र २८.४ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३२.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, एम.एस. तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सुन, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, धान लगायतका वस्तुको आयात घटेको छ ।

    यस्तै, ५ महिनामा नेपालको निर्यात ६.१ प्रतिशतले कमी आई ६३ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३४.६ प्रतिशतले कमी आएको थियो । 

    गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ११.३ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३२२.३ प्रतिशत र २.३ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, पोलिस्टर धागो, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ ।

    त्यसैगरी, निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।


    तथ्याङ्क अनुसार पाँच महिनामा कुल वस्तु व्यापार घाटा ३.१ प्रतिशतले कमी आई ५ खर्ब ७९ अर्ब रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १८.८ प्रतिशतले घटेको थियो ।

    समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशतमा झरेको छ ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.१ प्रतिशत रहेको थियो । यस्तै, समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ६३ अर्ब ६६ करोड रपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.५० अर्ब २० करोड बराबरको भएको थियो । 

    वैदेशिक व्यापारको संरचना

    वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५५.५ प्रतिशत र ४४.३ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको  अनुपात क्रमशः ५३.४ प्रतिशत, ०.०५ प्रतिशत र ४६.५ प्रतिशत रहेको थियो । 

    समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४९.१ प्रतिशत, पुँजीगत वस्तुको ८.६ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४२.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३.१ प्रतिशत, ९.० प्रतिशत र ३८.० प्रतिशत रहेका थिए ।

    निर्यात–आयात मूल्य सूचकाङ्क

    वार्षिक विन्दुगत आधारमा २०८० मंसिर महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ४.१ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ३.३ प्रतिशतले घटेको छ । २०८० मंसिर महिनामा व्यापारको शर्त ७.६ प्रतिशतले बढेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार