images
images

शोधनान्तर स्थिति र चालू खाता दुबै बचतमा, एक महिनामै चालु खाता ४४ अर्बले बढ्दा शोधनान्तर स्थिति कति बढ्यो ?

शोधनान्तर स्थिति र चालू खाता दुबै बचतमा, एक महिनामै चालु खाता ४४ अर्बले बढ्दा शोधनान्तर स्थिति कति बढ्यो ?

बिहिवार, पुस २६ २०८०
बिहिवार, पुस २६ २०८०
  • शोधनान्तर स्थिति र चालू खाता दुबै बचतमा, एक महिनामै चालु खाता ४४ अर्बले बढ्दा शोधनान्तर स्थिति कति बढ्यो ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को ५ महिनामा मुलुकको शोधनान्तर स्थिति र चालु खाता दुवै बचतमा गएको छ । आज बिहिबार चालु आर्थिक वर्षको ५ महिनामा अर्थात् साउन-मंसिर महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले शोधनान्तर स्थिति २ खर्ब १० अर्ब रुपैयाँ र चालु खाता १ खर्ब ४० अर्ब रुपैयाँले बचतमा रहेको देखाएको हो ।  
    गत कार्तिक मसान्तसम्म सरकारको चालु खाता ९६ अर्ब रुपैयाँ थियो भने एक महिनामै ४४ अर्ब रुपैयाँले बढेको देखिन्छ । यसैगरी १ खर्ब ४७ अर्ब रहेको शोधनान्तर स्थिति ६३ अर्बले बढेको छ । 

    images
    images

    अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४१ अर्ब २१ करोड रुपैयाँले घाटामा रहेको थियो भने शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोड रुपैयाँले बचतमा रहेको थियो । 

    यस्तै, अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको छ । यता, अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५८ करोडले बचतमा रहेको छ ।

    समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७।२ प्रतिशतले कमी आई २ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९२ करोड रुपैयाँले धनात्मक रहेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ४७ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख रुपैयाँले धनात्मक रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार