images
images

कर्णाली प्रदेशमा कृषि उत्पादन २७ प्रतिशतले बढ्यो, कुन खाद्य तथा अन्य बालीको उत्पादन कति ?

कर्णाली प्रदेशमा कृषि उत्पादन २७ प्रतिशतले बढ्यो, कुन खाद्य तथा अन्य बालीको उत्पादन कति ?

आइतवार, पुस २९ २०८०
आइतवार, पुस २९ २०८०
  • कर्णाली प्रदेशमा कृषि उत्पादन २७ प्रतिशतले बढ्यो, कुन खाद्य तथा अन्य बालीको उत्पादन कति ?

    काठमाडौँ / आर्थिक वर्ष २०७९/८० को असार मसान्तमा कर्णाली प्रदेशमा प्रमुख कृषि बालीको उत्पादन २७.४३ प्रतिशतले बढेको छ । 
     
    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७९/८० को अनुसार आर्थिक वर्ष २०७९/८० को असार मसान्तमा कर्णाली प्रदेशमा प्रमुख कृषि बालीको उत्पादन २७.४३ प्रतिशतले वृद्धि भई १२ लाख २६ हजार ७५३ मेट्रिक टन पुगेको हो । 

    images
    images

    गत वर्षमा यस्तो उत्पादन ३५.१२ प्रतिशतले घटेर ९ लाख ६२ हजार ६८३ मेट्रिक टन कायम भएको थियो ।

    ‘कृषि लक्षित कार्यक्रम तथा विनियोजित बजेटको कार्यान्वयन हुनु, बैंकहरुबाट कृषि क्षेत्रमा प्रवाहित कर्जामा वृद्धि हुनु साथै यातायात सुविधाको विस्तार हुँदै जानुलेयस प्रदेशको कृषि उत्पादनमा गत वर्षको तुलनामा उल्लेखनीय मात्रामा सुधार भएको देखिन्छ’, प्रतिवेदनमा उल्लेख छ।

    यस्तै, प्रतिवेदनको अनुसार भौगोलिक विकटताका बाबजुद पनि कुषि उत्पादनमा आएको वृद्धिदरलाई सकारात्मक रुपमा लिन सकिने जनाएको छ । 

    यस्तै, असार मसान्तमा कर्णाली प्रदेशको खाद्य तथा अन्य बालीको उत्पादन १५.३६ प्रतिशतले वृद्धि भई ८ लाख ४४ हजार ४१० मेट्रिक टन पुगेको छ । गत वर्षमा यस्तो उत्पादन ६.८९ प्रतिशतले घटेर ७ लाख ३१ हजार ९९८ मेट्रिक टन कायम भएको थियो ।

    समीक्षा वर्षमा प्रमुख कृषि बालीमध्ये धान बालीको उत्पादन २.०५ प्रतिशतले वृद्धि भई १ लाख २९ हजार ४७३.३९ मेट्रिक टन पुगेको छ । गत वर्षमा यस्तो उत्पादन १९.४४ प्रतिशतले घटेको थियो । 

    त्यस्तै, गत वर्षमा १.६० प्रतिशतले घटेको मकै उत्पादन समीक्षा वर्षमा ९.२१ प्रतिशतले वृद्धि भई २ लाख ६९ हजार २९९ मेट्रिक टन पुगेको छ ।

    खाद्य तथा अन्य बालीको उत्पादन (हजार मेट्रिक टन)

    1.JPG

    यस्तै, समीक्षा वर्षमा गहुँ उत्पादन गत अवधिको तुलनामा १३.९३ प्रतिशतले बढेर १ लाख ८७ हजार ५११ मेट्रिक टन पुगेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्तमा कोदो र फापरको उत्पादन क्रमशः ४५.९४ प्रतिशत र १९.७७ प्रतिशतले वृद्धि भई क्रमशः ३१ हजार ८८१ मेट्रिक टन र ४ हजार १३२ मेट्रिक टन पुगेको छ । 

    गत वर्षमा यी दुई बालीको उत्पादन क्रमशः ०.९० प्रतिशत र ७.६२ प्रतिशतले वृद्धि भएको थियो । गत वर्षमा २.०९ प्रतिशतले घटेको जौको उत्पादन समीक्षा वर्षमा ४५.४९ प्रतिशतले बढेर १३ हजार ३०३ मेट्रिक टन पुगेको छ ।

    समीक्षा वर्षमा आलुको उत्पादन २७.८२ प्रतिशतले वृद्धि भई १ लाख ७३ हजार ७१३ मेट्रिक टन पुगेको छ भने गत वर्षमा आलु उत्पादन १५.६८ प्रतिशतले घटेको थियो । गत वर्षमा ६.८६ प्रतिशतले वृद्धि भएको उखुको उत्पादन समीक्षा वर्षमा १९.८० प्रतिशतले घटेर २६२ मेट्रिक टन कायम भएको छ । 

    त्यसैगरी, गत वर्षमा १९.७२ प्रतिशतले घटेको भटमास उत्पादन समीक्षा वर्षमा २५.३३ प्रतिशतले वृद्धि भई ६ हजार ४९० मेट्रिक टन पुगेको छ । त्यस्तै, गत वर्षमा ५०.७२ प्रतिशतले घटेको तेलहन उत्पादन समीक्षा वर्षमा वृद्धि भई ८७.३० प्रतिशतले ९ हजार ८८४ मेट्रिक टन पुगेको छ । 

    त्यस्तै, समीक्षा वर्षमा कर्णाली प्रदेशमा दलहन उत्पादनमा ४४.११ प्रतिशतले वृद्धि भई १८ हजार ४५२ मेट्रिक टन पुगेको छ भने गत वर्षमा दलहन उत्पादनमा ३२.३३ प्रतिशतले ह्रास आएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार