images
images

गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा १७.३६ प्रतिशत, कुन उद्योगको क्षमता कति ?

गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा १७.३६ प्रतिशत, कुन उद्योगको क्षमता कति ?

आइतवार, पुस २९ २०८०
आइतवार, पुस २९ २०८०
  • गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा १७.३६ प्रतिशत, कुन उद्योगको क्षमता कति ?

    काठमाडौँ / आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा १७.३६ प्रतिशत रहने अनुमान रहेको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गण्डकी प्रदेशको वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७९/८० को अनुसार आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा १७.३६ प्रतिशत रहने अनुमान गरेको हो । 

    गत वर्ष यस्तो हिस्सा १७.७ प्रतिशत रहेको थियो । यस प्रदेशको उद्योग क्षेत्रमा साना र मझौला उद्योगहरूको उल्लेख्य रहेका छन् । २०७९ फागुनसम्म गण्डकी प्रदेशमा दर्ता भएका उद्योगको सङ्ख्या ७१ हजार ८ सय ९७ थियो, भन दर्ता भएका वाणिज्य फर्मको सङ्ख्या ६८ हजार ३ सय ६४ पुगेको छ । 

    आर्थिक वर्ष २०७९/८० को फागुनसम्ममा गण्डकी प्रदेशमा ८३० उद्योग दर्ता भएका थिए ।  यी उद्योगमा ५ खर्ब ९७ अर्ब २५ करोड रुपैयाँ लगानी स्वीकृत भई उद्योगको सञ्चालनबाट ४० हजार ९३ रोजगारी
    सिर्जना हुने अनुमान रहेको थियो । 

    आर्थिक वर्ष २०७९/८० मा यस प्रदेश अन्तर्गतका नमुना छनोटमा समेटिएका १४ उद्योगहरूको औसत क्षमता उपयोग गत वर्षको सोही अवधिको तुलनामा २.२ प्रतिशत बिन्दुले वृद्धि भई ४५.८ प्रतिशत पुगेको छ । यस प्रदेशमा खाने तेल उद्योगको क्षमता उपयोग ९६.७६ प्रतिशत, चकलेट उद्योगको ७४.५७ प्रतिशत, बिस्कुटको ६२.८० प्रतिशत, वियरको ६३.८९ प्रतिशत, इट्टाभट्टाको ५४.९९ प्रतिशत, लिक्विड औषधीको ५१.९० प्रतिशत), क्याप्सुलको ३५.८ प्रतिशत, ओइन्टमेण्टको १०.१५ प्रतिशत र ड्राइ सिरपको क्षमता उपयोग ७.९६ प्रतिशत रहेको छ ।

    प्रमुख औद्योगिक वस्तुको क्षमता उपयोग (प्रतिशतमा)

    1.JPGस्रोत : अध्ययन क्षेत्रका उद्योगहरू

    यस्तै, समीक्षा वर्षमा प्रशोधित दुधको उत्पादन २२.२३ प्रतिशतले, चकलेटको १४.७१ प्रतिशतले सिमेण्टको ५.९४ प्रतिशतले, चुरोटको ३.४४ प्रतिशतले र ट्याव्लेटको उत्पादन ३.१३ प्रतिशतले वृद्धि भएको छ भने ओइन्टमेन्ट, क्यापसुल, चाउचाउ, लिक्विड र ईंटाको उत्पादन क्रमशः ३२.०७ प्रतिशत, २१.८९ प्रतिशत, १५.३४ प्रतिशत, ९.७३ प्रतिशत र ५.७७ प्रतिशतले कमी आएको छ ।

    औद्योगिक उत्पादन

    2.JPGस्रोत : अध्ययन क्षेत्रका उद्योगहरू

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार