images
images

आईसीसी यू–१९ विश्वकप  क्रिकेट : अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्सको यात्रामा नेपाल

आईसीसी यू–१९ विश्वकप  क्रिकेट : अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्सको यात्रामा नेपाल

शुक्रवार, माघ १२ २०८०
शुक्रवार, माघ १२ २०८०
  • आईसीसी यू–१९ विश्वकप  क्रिकेट : अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्सको यात्रामा नेपाल

    काठमाडौँ / नेपालले आईसीसी यू–१९ विश्वकप  क्रिकेटको सुपर सिक्सको यात्रा तय गरेको छ ।  समूह ‘डी’बाट सुपर सिक्समा पुगेको नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपालले सुपर सिक्सको यात्रा तय गरेको हो । 

    images
    images

    आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनीमा नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।

    नेपालको जितमा खनालले सर्वाधिक ५८ रनको योगदान दिएका थिए । नेपालका लागि आकाश चन्दले पाँच विकेट लिए । यस्तै, दिवेश कँडेलले दुई, तिलक भण्डारी, सुवास भण्डारी र गुल्सन झाले एक–एक विकेट लिएका थिए ।

    टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१ औँ ओभरको पहिलो बलमा सबै विकेट गुमाउँदै १४५ रन बनाएको थियो । 

    अफगानिस्तानका लागि अल्लाह मोहम्मद घजनफारले सर्वाधिक ३७ रनको योगदान गरेका थिए । अफगानिस्तानका पाँच ब्याट्सम्यानले रनको खाता नै खोल्न नसक्दा नसीर खान मारुफखिलले ३१, फरिदुन दावोद्जाईले २९ र जम्शिद जर्दानले ३ रन बनाए । नेपाली बलरबाट अफगानिस्तानले २१ रन अतिरिक्तबापत पाएको थियो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार