images
images

एनसेलको डबल मजा प्याक, बोनसको रूपमा डबल डेटा पाइने

एनसेलको डबल मजा प्याक, बोनसको रूपमा डबल डेटा पाइने

बिहिवार, माघ २५ २०८०
बिहिवार, माघ २५ २०८०
  • एनसेलको डबल मजा प्याक, बोनसको रूपमा डबल डेटा पाइने

    काठमाडौं/  एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न सक्छन् । 

    images
    images

    ग्राहकहरुले एकदमै मन पराएको यो डबल मजा अफर एनसेलले तीन प्याकहरुका साथ पुनः संचालनमा ल्याएको हो । 
    यो अफरमा ग्राहकले ७ दिन भ्यालिडिटी अर्थात समयसीमा रहेको कर सहित रु. १५० मा ५ जिबी डेटा वा रु. २०० मा ८ जिबी डेटा लिन सक्छन् । त्यसैगरी रु. ८८८ मा २८ दिन समयाबधि रहेको ८८ जिबी डेटा खरिद गर्न सक्छन् ।

    यो प्याकको सबैभन्दा ठूलो विशेषता भनेको प्याकको भ्यालिडिटी नसकिँदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । 

    उदाहरणका लागि, यदि कुनै ग्राहकले ८ जिबी प्याकको प्याक खरिद गरको ७ दिनभित्र फेरि सोही प्याक खरिद गरेमा, ग्राहकले १६ जीबी डेटा बोनसका रुपमा प्राप्त गर्दछ ।

    डबल मजा प्याक खरिद गर्न ग्राहकले एष्ट्रिक्स १७१२३ ह्यास डायल गर्न सक्छन् । साथै हालैमात्र अद्यावधिक गरिएको एनसेल एप वा एनसेलका अन्य कुनै पनि आधिकारिक च्यानल मार्फत यो प्याक किन्न सकिने एनसेलले जनाएको छ । 

    थप परिष्कृत गर्दै पुनः संचालनमा ल्याइएको यो अफरमा बोनसको रूपमा दोब्बर डेटा 
    प्रदान गरिने भएकोले ग्राहकहरुलाई अनलाइन बस्न र डिजिटल रूपमा सम्पर्कमा रहि रहन ठूलो सहयोग पुग्ने विश्वास रहेको एनसेलले जनाएको छ । 

    प्याकको भ्यालिडिटी रहेसम्म ग्राहकले आफ्नो आवश्यकता बमोजिम जति पटक पनि यो प्याक खरिद गरी संचित हुने डेटा भोल्युममार्फत इन्टरनेटमा पहुँचको फाइदा लिन सकिने भनेको छ ।

    ७ दिन भ्यालिडिटी भएका रु. १५० र रु. २०० का डबल मजा प्याकमा पाइने बोनसको संचित डेटा अधिकतम २८ दिनसम्म चलाउन सकिन्छ । त्यसैगरी रु. ८८८ को प्याकमा पाइने संचित बोनस डेटा ६० दिनसम्म चलाउन सकिन्छ ।  

    यसैबीच एनसेलले कर सहित रु. २२० मा ७ दिन भ्यालिडिटी भएको कम्बो प्याक पनि ल्याएको छ । यो प्याकमा ग्राहकले ४ जीबी डेटा, १०० मिनेट अल नेट टक टाइम र विभिन्न डिजिटल सेवाहरू प्राप्त  हुनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार