images
images

सुनको भाउ प्रतितोला ६ सय र चाँदी ३५ रुपैयाँले बढ्यो कति पुग्यो ?

सुनको भाउ प्रतितोला ६ सय र चाँदी ३५ रुपैयाँले बढ्यो कति पुग्यो ?

शुक्रवार, फागुन ४ २०८०
शुक्रवार, फागुन ४ २०८०
  • images
    images
    सुनको भाउ प्रतितोला ६ सय र चाँदी ३५ रुपैयाँले बढ्यो कति पुग्यो ?

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन स्थानीय बजारमा सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।

    images
    images

    बिहीबार प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ आज बढेर प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँ पुगेको छ भने तेजावी सुन १ लाख १५ हजार ९ सय ५० रुपैयाँ रहेकोमा आज १ लाख १६ हजार ५ सय ५० रुपैयाँ पुगेको छ । 

    यता, चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ पर्ने चाँदी आज १ हजार ४ सय १० रुपैयाँमा कारोबार गर्न सकिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार