images
images

एनसेल, मेरी स्टोप्स र डिएफएटीको सहकार्यमा पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि राष्ट्रव्यापी सचेतना अभियान सुरु

एनसेल, मेरी स्टोप्स र डिएफएटीको सहकार्यमा पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि राष्ट्रव्यापी सचेतना अभियान सुरु

शुक्रवार, फागुन २५ २०८०
शुक्रवार, फागुन २५ २०८०
  • एनसेल, मेरी स्टोप्स र डिएफएटीको सहकार्यमा पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि राष्ट्रव्यापी सचेतना अभियान सुरु

    काठमाडौँ / निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँगको साझेदारी र अष्ट्रेलियन सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभाग (डिएफएटी)को सहयोगमा यौन तथा प्रजनन् स्वास्थ्य सेवाको सेवा प्रदायक संस्था मेरी स्टोप्स इन्टरनेसनल नेपालले बिहीबार संयुक्त रूपमा पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि सचेतना अभियान घोषणा गरेको छ । 

    images
    images

    यस अभियानको मुख्य उद्देश्य अभियान लागू हुने जिल्लाहरुमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र खोपको माध्यमबाट पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सघाउ पु-याउने रहेको छ ।

    पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमा हुने क्यान्सरहरूमध्ये पहिलो स्थानमा पर्दछ, जसको कारण महिलाहरूले अकालमै ज्यान गुमाउनुपरेको तथ्याङ्कले देखाउछ । सन् २०२२ मा मात्रै २ हजार १६९ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर भएको पाईयो भने यस रोगको कारण १,३१३ जनाले आफ्नो ज्यान गुमाए ।

    यो अभियान संचालनका लागि एनसेलको बृहत् नेटवर्क, सामाजिक संजाल र मेरी स्टोप्स इन्टरनेशनल नेपालको समुदाय स्तरमा रहेको उपस्थितिको उपयोग गरिनेछ । यस बाहेक यस अभियानले पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्त्वपूर्ण जानकारी फैलाउन विभिन्न सञ्चार माध्यमहरू प्रयोग गर्नेछ ।

    मार्च २०२४ देखि सञ्चालन हुने यस सचेतना अभियान अन्तर्गत ९ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरूलाई लक्षित गरी विभिन्न क्रियाकलापहरु संचालन गरिनेछन् । एनसेलको सेवा सञ्जालको पहुँचलाई उपयोग गर्दै यस अभियानका लागि पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्वपूर्ण जानकारी प्रवाह गरिनेछन् । त्यसैगरी आमसञ्चार माध्यम, सामाजिक सञ्जाल र सामुदायिक संलग्नता लगायत विभिन्न सञ्चार माध्यमको प्रयोग गरिनेछन् ।

    यस सचेतना अभियान अन्तर्गत सञ्चालन गरिने मुख्य–मुख्य क्रियाकलापहरूमा आमसञ्चार माध्यमद्वारा सचेतनामूलक अभियान सञ्चालन गर्ने; पाठेघरको मुखको क्यान्सरको रोकथाम र उपचारसम्बन्धी जानकारीलाई लक्षित समूहसम्म प्रभावकारी ढंगले पु-याउन विभिन्न सरकारी निकायहरु तथा संघसंस्थाहरूसँग सहकार्य तथा साझेदारी गर्ने रहेका छन् । 

    news ncell.jpg

    त्यस्तै, टेलिभिजन र रेडियोमा विशेष कार्यक्रम तथा विशेष कुराकानीमा आधारित कार्यक्रम (टक शो)हरू सञ्चालन गर्नुका साथै रेडियो स्टेशनहरूमा जनहितमा जारी सूचनाहरू सम्प्रेषण गर्ने; अभियानलाई प्रवद्र्र्घधन गर्न र अभियानसम्बन्धी सचेतनामूलक सन्देशहरू प्रवाह गर्न सोशल मिडिया इन्फ्लुएन्सरहरूसँग सहकार्य गर्ने; पाठेघरको मुखको क्यान्सर रोकथाम र खोपसम्बन्धी सचेतनामूलक दृश्य श्रव्य सामग्रीहरु तयार पारी प्रसारण गर्ने; एनसेलसँग सहकार्यमा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘वाकाथन’ को आयोजना गर्ने; अभियानका संदेशलाई आउटबाउन्ड रिङटोन र एसएमएसमार्फत लक्षितवर्गसम्म पु¥याउने आदि जस्ता कार्यक्रमहरू रहेका छन् ।

    यसबाहेक यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मेरी स्टोप्स इन्टरनेशनल नेपालले ५० जना सेवाग्राहीहरूलाई निःशुल्क स्क्रिनिङ सेवा प्रदान गर्ने ।

    अन्त्यमा, हाम्रा यी संयुक्त प्रयासहरूमार्फत सञ्चालन हुने यस सचेतना अभियानले पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा खोपको महत्वको बारेमा जानकारीमा पहुँच बढाउनेछ, जसले गर्दा महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा सही ढङ्गले निर्णय लिन सक्षम बनाउनेछ । थप जानकारीको लागि मेरी स्टोप्स इन्टरनेसनल नेपालको पैसा नलाग्ने टोल फ्री नम्बर ११४३ मा सम्पर्क गर्न सकिनेछ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार