images
images

दूधको उचित मूल्य नपाउँदा किसान मारमा, भन्छन्– खेर फाल्नुभन्दा सस्तोमा बिक्री गर्नु उचित

दूधको उचित मूल्य नपाउँदा किसान मारमा, भन्छन्– खेर फाल्नुभन्दा सस्तोमा बिक्री गर्नु उचित

सोमवार, चैत ५ २०८०
सोमवार, चैत ५ २०८०
  • दूधको उचित मूल्य नपाउँदा किसान मारमा, भन्छन्– खेर फाल्नुभन्दा सस्तोमा बिक्री गर्नु उचित

    घोराही (दाङ) / दाङको राजपुर गाउँपालिका–३ बसन्तपुरका महेश यादवले दैनिक लमही बजारमा दूध बिक्री गर्छन् । उनले २९  भैँसी पालेका छन् । बिहानै यादव दूध बिक्री गर्न लमही बजारका गल्ली तथा डेरीसम्म पुग्छन् । 

    images
    images

    यादवले दैनिक ८० लिटर दूध बिक्री गर्ने गरेको बताए । उनले प्रति लिटर दूध रु ७० देखी रु ७५ सम्ममा बिक्री गर्छन् । यादवले मोटरसाइकलमा दूध बिक्री गर्न जाँदा बढी खर्च हुने गरेको बताए । 

    “खर्च धेरै छ, आम्दानी न्यून हुन्छ”, यादवले भने । बिहान उठेदेखि बेलुकासम्म उनलाई भैँसीको स्याहार सुसार गर्न भ्याइनभ्याई हुने गरेको छ । भैँसीको स्याहार सुसार गर्नु तथा दूध बिक्री गर्न लमहीसम्म पुग्नु यादवको दैनिकी नै हो । 

    मेहनत अनुसारको दूधको मूल्य नपाएको उनको भनाइ छ । “दूधको मूल्य बढाए बिक्री नहुने समस्या छ”, उनले भने, “निश्चित ग्राहक छन्, मूल्य बढाउने बित्तिकै ग्राहकको सङ्ख्या घट्छ ।” दूध खेर फाल्नुभन्दा सस्तोमा बिक्री गर्नु उचित भएको यादव बताउछन् । 

    यसैगरी राजपुर–३ बसन्तपुरकै लवकुस यादवले पनि दूध प्रति लिटर रु ४५ देखि रु ६० सम्ममा बिक्री गर्दै आएका छन् । खरिदकर्ताले आफूखुसी मूल्य निर्धारण गर्ने गरेको उनको भनाइ छ ।

    यादवले गाउँकै होटल तथा सङ्कलन केन्द्रमा दूध बिक्री गर्छन् । “दूध उत्पादन बढी भएकाले सस्तोमा बेच्नु परेको छ”, यादवले भने । राज्यले कृषकले उत्पादन गरेको दूध उचित मूल्यमा खरिद गर्ने वातावरण बनाइदिनुपर्ने उनको भनाइ छ ।

    घोराही उपमहानगरपालिका–२ रामपुरमा ‘ग्रिन लक्ष्मी गाई तथा भैँसी फार्म’ सञ्चालन गर्दै आएका गोपाल खनाल दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गर्छन् । 

    उनले रु ९० मा दूध स्थानीय डेरीलाई बिक्री गर्दै आएका छन् । बाँकी दूध उपभोक्ताको घर घरमा गएर पनि बिक्री गर्ने गरेको उनको भनाइ छ ।

    “प्रति लिटर रु ७० भन्दा बढीमा दूध बिक्री गर्नै सकिएको छैन”, खनालले भने । उनीसँग रु ७० मा दूध खरिद गर्ने डेरीले भने उपभोक्तालाई रु एक सयमा बिक्री गर्ने गरेका छन् । 

    सरकारले दूधको उचित मूल्य निर्धारण गर्नुपर्ने कृषकको माग छ ।  स्थानीय तहले कृषकको समस्या बुझ्न नसकेको उनीहरु बताउँछन्  ।

    “स्थानीय सरकार कृषकको समस्याबारे बेखबर छ”, खनालले भने । उनको फार्ममा हाल २८ गाई भैँसी छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार