images
images

२८औँ चिया दिवस मनाइँदै, निर्यातमा भारतीय पक्षको बारम्बार अवरोध किन ?

२८औँ चिया दिवस मनाइँदै, निर्यातमा भारतीय पक्षको बारम्बार अवरोध किन ?

शुक्रवार, बैशाख १४ २०८१
शुक्रवार, बैशाख १४ २०८१
  • images
    २८औँ चिया दिवस मनाइँदै, निर्यातमा भारतीय पक्षको बारम्बार अवरोध किन ?

    काठमाडौँ / राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा कृषक, उद्योग, मजुदर, व्यवसायी एवं चियाका पारखीहरूले शनिबार २८औँ चिया दिवस मनाउने भएका छन् । हरेक बर्ष बैशाख १५ गते मनाइने चिया दिवस यस बर्ष ‘संस्कृति, कृषि, पर्यटन र औद्योगिकीकरण, नेपाली चियाको दिगो बजारीकरण’ नाराका साथ मनाइने भएको छ । 

    images
    images

    नेपालको निर्यातजन्य केही सीमित सीमित कृषि बालीहरूमध्ये चिया अग्रस्थानमा पर्दछ । चियाले ग्रामिण रोजगारी सिर्जना गर्नुका साथै विदेशी मुद्रा आर्जन गर्नुमा  देशको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।

    कृषि, उद्योग र पर्यटनलाई जोड्दै आएको चियाले अन्य उद्योगभन्दा फरक र विशिष्ट पहिचानको रूपमा आफुलाई उभ्याउन सफल भएको छ । यति हुँदाहुँदै पनि नेपाली चिया क्षेत्रले पछिल्ला दिनहरूमा विशेषगरी बजारीकरणको पाटोमा विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा. दिपक खनाल बताउँछन्।

    बोर्डको आ.व. २०७९/८० को तथ्याङ्क अनुसार नेपालमा कुल २०,२३० हेक्टर जमिनमा चिया रोपण गरिएको छ भने यस अवधिमा २ करोड ६४ लाख केजी तयारी चिया उत्पादन भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार सो अवधिमा १ करोड ६५ लाख केजी चिया निर्यात गरेर नेपालले ३ अर्ब ९४ लाख रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको देखिन्छ ।

    नेपालले गरेको चियाको कुल निर्यातमध्ये ९७.८० प्रतिशत निकासी भारतीय बजार रहेको छ । नेपाली चियाको ठुलो बजार रहेको भारतले आयातसम्बन्धी नीतिमा सामान्य परिवर्तन गर्दा पनि नेपालको चिया क्षेत्रमा ठुलो हलचल आउने गरेको निर्देशक खनाल बताउँछन । 

    केही हप्ता अघि मात्रै भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोक्दा काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटड्डी नाका पुगेका १७ ट्रक तयारी चिया अलपत्र परेको थियो। 

    बोर्ड, मेची भन्सार कार्यालय, चियाका वस्तुगत संघसंस्थाहरू एवं व्यावसायीहरूको संयुक्त पहलमा तत्कालका ब्लागि भारतिय अवरोध हटेर हाललाई ती १७ वटा ट्रक छुटेका छन् । 

    यद्यपि, विगतमा पनि भारतिय पक्षबाट यस्ता अवरोधहरू भइ नै रहेकाले भविष्यमा फेरी विभिन्न बहानामा नेपाली चियाको निकासी रोक्ने घटना नदोहोरिएला भन्न नसकिने उनको भनाइ छ । 

    “नेपाली चियाको गुणस्तर र विषादीका अवशेषहरूलाई कारण देखाउँदै त्यस्ता अवरोधहरू भारतिय पक्षबाट हुने गरेको छ।” निर्देशक खनालले भने, “तर भारतमै उत्पादन हुने चियाको तुलनामा नेपाली चियाको गुणस्तर निकै उच्च रहेको छ ।”  

    गत चैत ११ गतेदेखि १३ गतेसम्म संयुक्त राज्य अमेरिकाको लस भेगासमा सम्पन्न भएको वर्ड टि एक्स्पो २०२४ मा नेपालको सिद्धदेवी टि स्टेट प्रालिले वेभरोज च्यालेन्ज तर्फ ग्रान्ट क्याम्पेनको रूपमा पुरस्कृत भएको थियो । 

    विगत वर्षहरूमा पनि चीनमा भएको टि च्याम्पियनसिपमा नेपाली चिया उत्पादकहरूले गान्ड÷गोल्ड मेडल जितेको उनले बताए । सो आधारमा भारतीय पक्षबाट नेपाली चियालाई गुणस्तरका सम्बन्धमा लगाएको आरोपमा कुनै आधार नभएको निर्देशक खनालको तर्क छ । 

    यस्ता समस्याहरूलाई दिगोरुपमा सम्बोधन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत रहेका प्रयोगशालाहरूलाई सबल बनाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम एक्रिडिटेसन गर्न आवश्यक रहेको उनले बताए । नेपाली चियाको दिगो बजारीकरण गर्न अब भारतीय बजारको विकल्प खोज्नुपर्ने बोर्डले बताउँदै आएको छ । 

    चीन, पाकिस्तान, रुस, अमेरिक्लव, जर्मनी लगायत युरोपेली बजारमा निकासी भइरहेको नेपाली चियाको परिमाण बढाउन सके नेपाली चियोको बजारीकरणका यस्ता समस्याहरूको दिगो समाधान गर्न सकिने प्रशस्त सम्भावना रहेको निर्देशक खनालले बताए । 

    चिया दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमार्फत निर्देशक खनालले चिया उत्पादक संघसंस्थाहरू, निजी एवं सहकारी क्षेत्रहरूलाई एकजुट भई चियामा देखिएको समस्या समाधान गर्न आग्रहसमेत गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार