images
images

ऊर्जामन्त्री शक्ति बस्नेतले भने, दूधकोशी, बूढीगण्डकी र नलगाड निर्माण प्राथमिकतामा छ

ऊर्जामन्त्री शक्ति बस्नेतले भने, दूधकोशी, बूढीगण्डकी र नलगाड निर्माण प्राथमिकतामा छ

शनिवार, चैत १० २०८०
शनिवार, चैत १० २०८०
  • ऊर्जामन्त्री शक्ति बस्नेतले भने, दूधकोशी, बूढीगण्डकी र नलगाड निर्माण प्राथमिकतामा छ

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा आवश्यकतालाई सम्बोधन गर्न जलाशयुक्त आयोजना निर्माण गर्नुको विकल्प नभएको बताएका छन् । 

    images
    images

    गोरखाको धार्चे, आरुघाट र चुमनुब्री गाउँपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले ऊर्जा सन्तुलनका लागि भए पनि जलाशयुक्त आयोजना निर्माण गर्नैपर्ने बताए । 

    मुलुकको ऊर्जा आवश्यकता पूरा गर्न सरकारले पूर्वी क्षेत्रमा दूधकोशी, मध्य क्षेत्रमा बूढीगण्डकी र पश्चिममा नलगाढ जलाशयुक्त आयोजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको उनको भनाइ छ।

    “अहिले बूढीगण्डकी परियोजनाको काम धेरै अघि बढेको छ, नलगाड पनि कार्यान्वयनका लागि तयारी अवस्था छ”, मन्त्री बस्नेतले भने ।  

    मुलुकको विद्युत् उत्पादनको इतिहास एक शताब्दी नाघेको भए पनि पछिल्लो समय विद्युत् उत्पादनमा ठूलो फड्को मारिएको बताए । 
    कार्यक्रममा संविधानसभा सदस्य छमबहादुर गुरुङ, गोरखामा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाका प्रवर्द्धकहरू सहभागी थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार