images
images

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप : सदभाव आचार्यलाई उपाधि, भुवन नगरकोटी सात स्ट्रोकले पराजित

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप : सदभाव आचार्यलाई उपाधि, भुवन नगरकोटी सात स्ट्रोकले पराजित

बिहिवार, चैत १५ २०८०
बिहिवार, चैत १५ २०८०
  • सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप : सदभाव आचार्यलाई उपाधि, भुवन नगरकोटी सात स्ट्रोकले पराजित

    काठमाडौँ / एमेच्योर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौँ प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको उपाधि जितेका छन्। प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उनले उपाधि जितेका हुन् ।

    images
    images

    अन्तिम दिन ३-अन्डर ६९ को स्कोर सहित समग्रमा १४-अन्डर २ सय ७४ सहित सदभावले तेस्रो पटक टुरको प्रो र एमेच्योर दुवैतर्फको उपाधि आफ्नो नाममा लेखाए।

    यो सिजन उनले जितेको यो दोस्रो उपाधि हो। जारी सिजन दुई उपाधि जित्ने उनी मात्रै हुन। यसअघि उनले यो सिजन सूर्य नेपाल सेन्ट्रल ओपन र गत सिजन सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए।

    अन्तिम १८ होलको सुरूवातमा प्रो भुवन र सदभावबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएपनि भुवनले ३(ओभर ७५ को खराब प्रदर्शन गरे। समग्रमा ७-अन्डर २ सय ८१ सहित दोस्रो भए। प्रोतर्फ भने उनी पहिलो हुँदै १ लाख ४० हजार हात पार्न सफल भए।

    एमेच्योर खेलाडीहरूको दबदबा रहँदा अर्का एमेच्योर विजय श्रेष्ठ आइन्हाउस र प्रो निरज तामाङले संयुक्तरुपमा तेस्रो स्थान बाँडे। उनीहरूले समग्रमा ४-अन्डर २ सय ८४ मा खेल सकाए। आज विजयले १-अन्डर ७१ र निरजले २-अन्डर ७० को प्रदर्शन गरे। प्रोतर्फ दोस्रो भएका निरजले ९६ हजार प्राप्त गरे।

    समग्रमा इभन-पार २ सय ८८ मा खेल सकाएका दिनेश प्रजापति प्रोतर्फ तेस्रो भए। उनले आज ३-ओभर ७५ मा खेल सकाए। तेस्रो भएका उनले ७२ हजार नगद हात पारे। यसैगरी समग्रमा ४-ओभर २ सय ९२ सहित सञ्जय लामा र धन बहादुर थापाले प्रोतर्फ संयुक्तरुपमा चौथो स्थान बाँडे। सञ्जयले २-ओभर ७४ र धनले १-अन्डर ७१ को स्कोर निकाले। उनीहरूले जनही ५४ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे।

    रवि खड्काले आज २-ओभर ७४ को स्कोर सहित समग्रमा ५-ओभर २ सय ९३ सहित छैटौं स्थानमा प्रतियोगिता सकाए। छैटौं भएका उनले ४२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे। यसैगरी समग्रमा ७-ओभर २ सय ९४ सहित रामे मगर र भुवन कुमार रोक्काले संयुक्तरुपमा सातौं स्थान बाँडे। दुवैले आज २-ओभर ७४ मा खेल सकाए। उनीहरूले जनही ३७ हजार २ सय ५० नगद हात पारे।

    धरानका दुई प्रो युवराज भुजेल र बलभद्र राईले समग्रमा ११-ओभर २ सय ९९ सहित नवौ स्थान बाँड्दा जनही ३२ हजार नगद हात पारे। युवराजले आज ८-ओभर ८० र बलभद्रले ४-ओभर ७६ मा खेल सकाए।

    प्रो भुवन र सदभावबीच आज खेलको सुरुवात गर्दा सदभावसँग मात्र एक स्ट्रोकको अग्रता रहेको थियो। तेस्रो होलमा भुवनले बर्डी प्रहार गर्दै खेल बराबरीमा ल्याएका थिए। तर छैटौं होलमा भुवनले बोगी प्रहार गर्दा सदभावले एक सट बचाए। छैटौं होलको समाप्तीमा सदभावले दुई स्ट्रोकको अग्रता बनाए। टर्निङ प्वाइन्ट भने सातौं होल बन्यो।

    भुवनले दोस्रो सट पोखरीमा खस्यो। त्यहाँबाट हानेको प्रहार पुनः पानीमै पुग्यो। र उनले यो होलमा डबल बोगी खेप्दा सदभावले चार स्ट्रोकको अग्रता बनाए। यसपछि आठौं र नवौं होलमा फेरि एक-एक सट गुमाउँदा भुवनले फ्रन्ट नाइन ४-ओभर ४० मा सकाए। सदभावले १-अन्डर ३५ मा फ्रन्ट नाइन पुरा गरे। फ्रन्ट नाइन सकिंदा सदभावले भुवनलाई ६ स्ट्रोकले पछि पारिसकेका थिए।

    बोगी रहित खेलेका सदभावले १२औं र १७औं होलमा बर्डी प्रहार गरे र ब्याक नाइन २-अन्डर ३४ मा सकाए। यसरी सहजै सदभाव च्याम्पियन बन्दै फेरि एक पटक प्रो गल्फरहरूलाई माथ दिन सफल रहे।

    लगातार तीन दिनका लिडर भुवनले अन्तिम दिन संघर्ष गरे र ब्याक नाइन १-अन्डर ३५ मा सकाए। १३औं, १४औं र १८औं होलमा बर्डी प्रहार गरे भने १५औं र १६औं होलमा एक(एक सट बचाए। यसरी भुवनले समग्रमा दोस्रो र प्रोतर्फ पहिलो स्थान प्राप्त गरे।

    एमेच्योर विजयले टुरमा करियरकै उत्कृष्ट प्रदर्शन गरे। उनले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए। पहिलो र पाँचौं होलको बोगी विरूद्ध तेस्रो र सातौं होल‌मा एक(एक सट बचाए। यसपछि ११औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए। सूर्य नेपाल गल्फ टुरमा उनी पहिलोपट एमेच्योरतर्फ दोस्रो भए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार