images
images

कामना सेवा विकास बैङ्क र गौतम होटल बर्दिबासबिच सम्झौता

कामना सेवा विकास बैङ्क र गौतम होटल बर्दिबासबिच सम्झौता

शुक्रवार, चैत १६ २०८०
शुक्रवार, चैत १६ २०८०
  • कामना सेवा विकास बैङ्क र गौतम होटल बर्दिबासबिच सम्झौता

    काठमाडौँ / कामना सेवा विकास बैङ्क र गौतम होटल बर्दिबासबिच सम्झौता भएको छ । बैङ्कले मिथिला, धनुषास्थित गौतम होटल बर्दिबाससँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको हो ।

    images
    images

    सो सम्झौता अन्तर्गत बैङ्कका कर्मचारी र ग्राहकहरूले होटलको लजिङ र बिलमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैङ्कको ग्राहकहरूले बैङ्कसँगको आबद्धता भएको प्रमाणको आधारमा उक्त सुविधा सहजै प्राप्त गर्न सकिनेछ । 

    सो सम्झौताबाट बैङ्कसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले विशेष लाभ लिने बैङ्कले विश्वास लिएको छ । हाल बैङ्कले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार