images
images

सुकुम्वासी टोलबाट लागुऔषध सहित चार कारोबारी पक्राउ

सुकुम्वासी टोलबाट लागुऔषध सहित चार कारोबारी पक्राउ

बुधवार, चैत २८ २०८०
बुधवार, चैत २८ २०८०
  • सुकुम्वासी टोलबाट लागुऔषध सहित चार कारोबारी पक्राउ

    काठमाडौँ / प्रहरीले सुकुम्वासी टोलबाट लागुऔषध सहित चार कारोबारीलाई नियन्त्रणमा लिएको छ।

    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका वडा नं-०९ सिनामंगल स्थित सुकुम्वासी टोलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

    पक्राउ पर्नेमा चितवन भरतपुर-६ का ५१ वर्षीय लक्ष्मी परियार, कैलाली धनगडी उपमहानगरपालिका-१२ का ३५ वर्षीय ईन्द्र बहादुर साउँद, दोलखाकी ३४ वर्षीय सृजना बि.क, काठमाडौँ-९ की ५१ वर्षीय मिना बस्नेत रहेको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए।

    1 (2).jpg

    उनका अनुसार प्रहरीले उक्त स्थानमा लागु औषधको कारोबार भइरहेको भन्ने सूचना पाएको थियो। सोही सूचनाका आधारमा प्रहरीले उनीहरूको घरमा खोजतलास गर्दा लागु औषध फेला परेको हो।

    उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि प्रहरी वृत्त गौशालामा बुझाइएको उनले बताए। प्रहरीका अनुसार लागुऔषध  नुरफिन २४ एम्पुल, डाइजापाम ९५ एम्पुल, फेनरागन ४७ एम्पुल, पोल्याण्ड १ के.जि. ९८० ग्राम सहित करिब चार लाख बराबर नगद समेत बरामद गरिएको छ।

    1 (4).jpg

    पक्राउ परेका व्यक्तिहरु उपर लागुऔषध सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी  प्रहरी वृत्त गौशालाबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार