images
images

निर्माण व्यवसायी शर्मा किर्गिजस्तानका लागि नेपालको अवैतनिक महावाणिज्यदूत नियुक्त

निर्माण व्यवसायी शर्मा किर्गिजस्तानका लागि नेपालको अवैतनिक महावाणिज्यदूत नियुक्त

बुधवार, चैत २८ २०८०
बुधवार, चैत २८ २०८०
  • निर्माण व्यवसायी शर्मा किर्गिजस्तानका लागि नेपालको अवैतनिक महावाणिज्यदूत नियुक्त

    काठमाडौँ / प्रतिष्ठित निर्माण व्यवसायी रमेश शर्मा किर्गिजस्तानका लागि नेपालको अवैतनिक महावाणिज्यदूत नियुक्त भएका छन् । शर्मालाई विहिवार परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल दिलिपकुमार पौडेलले अवैतनिक महावाणिज्यदूतको नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । 

    images
    images

    नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष शर्मा गुणस्तरीय कार्यका लागि देश विदेशमा ख्याति कमाएको शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक हुन् । निर्माण व्यवसायीको पृष्ठभूमिबाट अवैतनिक महावाणिज्यदूत नियुक्त हुने शर्मा पहिलो व्यक्ति हुन् । 


    नेपाल र किर्गिजस्तानबीचको सम्बन्धलाई अझ प्रगाढ बनाइ नेपालमा किर्गिजस्तानको लगानी भित्र्याउन आफूले विशेष पहल गर्ने शर्माले बताए । निर्माण व्यवसाय लगायत अन्य विविध क्षेत्रमा समेत लगानी गरेका शर्मा विभिन्न सामाजिक संस्थामा पनि उत्तिकै क्रियाशिल हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार