images
images

रन्मामा भीरबाट खसेका ढुङ्गा एकापसमा ठोक्किँदा आगलागी, ६ जना घाइते

रन्मामा भीरबाट खसेका ढुङ्गा एकापसमा ठोक्किँदा आगलागी, ६ जना घाइते

बुधवार, चैत २८ २०८०
बुधवार, चैत २८ २०८०
  • रन्मामा भीरबाट खसेका ढुङ्गा एकापसमा ठोक्किँदा आगलागी, ६ जना घाइते

    रुकुम (पूर्व) / रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा आगलागीमा परी ६ जना घाइते भएका छन् । रन्मा गाउँदेखि पारीको चत्रा भीरमा गोरेटो बाटो खन्ने क्रममा भीरबाट खसेका ढुङ्गा एकापसमा ठोक्किँदा आगलागी भएको हो ।

    images
    images

    आगलागीमा परेर गोरेटो बाटो खनिरहेका ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । 

    घाइते हुनेहरुमा दाँत बुढामगर, उज्ज्वल बुढामगर, थपनबहादुर बुढामगर, सम्झी बुढामगर, गोरा बुढामगर र पुत्र बुढामगर रहेका छन् । 

    घाइते सबै जनालाई उद्धार गरी अहिले रन्मा गाउँमा ल्याइपुर्याइएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए । 

    उनीहरुलाई बिहीबार हेलिकप्टरमार्फत उपचारका लागि अन्यत्र लगिने उनले बताए । 

    “हेलिकप्टर ल्याउन सबै प्रक्रिया पूरा भइसकेको छ । अहिले घाइतेको उपचार गर्न पुथा उत्तरगङ्गा गाउँपालिकाको स्वास्थ्यकर्मीको टोली रन्मा गाउँ पुगिसकेको छ”, उनले भने । 

    अहिले जङ्गलमा आगो फैलिरहेको स्थानीयले बताएका छन् । आगो निभाउन सुरक्षाकर्मीको टोली आगलागी भएको ठाउमा गएको छ । रन्मा पुग्न  सदरमुकाम रुकुमकोटबाट पाँच घण्टा गाडीमा तथा चार घण्टा पैदल यात्रा गर्नुपर्दछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार