images
images

कोरोना महामारीपछि बन्द रहेको आठमौजा छोटी भन्सार सञ्चालनमा आउने

कोरोना महामारीपछि बन्द रहेको आठमौजा छोटी भन्सार सञ्चालनमा आउने

शुक्रवार, चैत ३० २०८०
शुक्रवार, चैत ३० २०८०
  • images
    images
    कोरोना महामारीपछि बन्द रहेको आठमौजा छोटी भन्सार सञ्चालनमा आउने

    दमक (झापा) / झापाको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आउने भएको छ ।

    images
    images

    मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बिहीबार छोटी भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्ने क्रममा सो जानकारी दिएका हुन् । 

    छोटी भन्सार कार्यालयमा कर्मचारीको व्यवस्थापन गरी सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको प्रमुख रेग्मीले बताए। आगामी वैशाख महिनाभित्रै आठमौजा छोटी भन्सार कार्यालय सञ्चालनमा आाउने उनको भनाइ छ । कोरोना महामारीपछि कार्यालय बन्द अवस्थामा छ ।

    सरकारले आठमौजा छोटी भन्सार कार्यालय नाकाको रूपमा विस्तार गर्ने निर्णय लिए पनि पछिल्लो करिब चार वर्षदेखि भन्सार कार्यालय बन्द अवस्थामा रहेको थियो । छोटी भन्सार बन्द भएपछि सिमाबाट अवैध आयात निर्यात हुने क्रम बढ्दै गएको छ । 

    उद्योग वाणिज्य सङ्घ गौरीगञ्जका अध्यक्ष मखना महतोले छोटी भन्सार कार्यालय सञ्चालनमा नआउँदा यस क्षेत्रको व्यापारिक चहलपहल खस्किदै गएको बताए। भन्सार नहुँदा नाकाबाट अवैध गतिविधि नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ । 

    लामो समयदेखि भन्सार कार्यालय नहुँदा स्थानीयले सास्ती भोगिरहेका थिए । गौरीगञ्जदेखि पाँच किलोमिटर दक्षिण भारतीय बजार फत्तेपुरको मुख्य ग्राहक नेपाली नै मानिन्छन् । 

    सीमाका भारतीय बजारबाट लत्ताकपडा, तेल, लसुन, चिनीलगायत खाद्यवस्तु ठूलो परिमाणमा आयात हुँदै आएको छ । 

    आठमौजा छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गरी नाकाका रूपमा स्थापित गर्न नेपाल सरकारको मन्त्रीस्तरीय बैठकबाट निर्णय भइसकेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार