images
images

सांग्रिला डेभलपमेन्ट बैङ्कको ग्राहकहरूलाई बन्जी नेपाल एडभेन्चरमा विशेष सुविधा

सांग्रिला डेभलपमेन्ट बैङ्कको ग्राहकहरूलाई बन्जी नेपाल एडभेन्चरमा विशेष सुविधा

मंगलवार, बैशाख ४ २०८१
मंगलवार, बैशाख ४ २०८१
  • सांग्रिला डेभलपमेन्ट बैङ्कको ग्राहकहरूलाई बन्जी नेपाल एडभेन्चरमा विशेष सुविधा

    काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडका ग्राहकहरूले बन्जी नेपाल एडभेन्चरमार्फत बन्जी गर्दा छुट पाउने भएका छन् ।  काठमाडौँ बालुवाटार–४ स्थित प्रमुख कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैङ्कले पोखरा रातोपैरो – १७ मा रहेको नेपाल एडभेन्चरसँग बैङ्कका ग्राहकहरूलाई बन्जी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । 

    images
    images

    सम्झौतामा बैङ्कको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बन्जी नेपाल ऐडभेन्चरका तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका छन् । 

    सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैङ्कका ग्राहकहरूले भिषा डेबिट कार्ड तथा मोबाइल बैङ्किङ्ग प्रयोग गरी बन्जी नेपाल एडभेन्चरा गई एकल बन्जी गर्दा १ हजार र जोडी बन्जी गर्दा  १ हजार ५ सय रुपैयाँसम्म सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् । 

    यस सम्झौताले बैङ्कमा कार्यरत कर्मचारीहरू तथा ग्राहकहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा फाइदा पुग्ने विश्वास बैङ्कले लिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार