images
images

प्रभु बैङ्कको नयाँगाउँमा शाखा विस्तार, शाखा सङ्ख्या ३०२ पुग्यो

प्रभु बैङ्कको नयाँगाउँमा शाखा विस्तार, शाखा सङ्ख्या ३०२ पुग्यो

मंगलवार, बैशाख ४ २०८१
मंगलवार, बैशाख ४ २०८१
  • प्रभु बैङ्कको नयाँगाउँमा शाखा विस्तार, शाखा सङ्ख्या ३०२ पुग्यो

    काठमाडौँ / प्रभु बैङ्क लिमिटेडले पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा शाखा विस्तार गरेको छ ।  शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैङ्कले सोमबारदेखि नयाँगाउँमा आफ्नो ३०२ औँ शाखा सञ्चालनमा ल्याएको हो । 

    images
    images

    बैङ्कको नयाँगाउँ शाखा कार्यालयको उद्घाटन बैङ्कको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले गरेकी हुन् । बैङ्कको नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन गर्दै गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले प्रभु बैङ्कले आफ्नो बैङ्कको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ्ग सेवा विस्तार गरेको प्रकाश पारिन् । 

    प्रभु बैङ्कको यो अभियानले देशभरी नै बैङ्किङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै शाखालाई सफलताको व्यक्त गरिन् । 

    बैङ्कको नयाँगाउँ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजिवीलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

    बैङ्कको नयाँगाउँ शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैङ्कले विश्वास लिएको छ ।

    प्रभु बैङ्कका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘बिश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मुल नाराका साथमा बैङ्किङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैङ्कले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार