images
images

पश्चिमी र स्थानीय वायुको प्रभाव : आगामी तीन दिनसम्म देशभरको मौसम कस्तो रहला ?

पश्चिमी र स्थानीय वायुको प्रभाव : आगामी तीन दिनसम्म देशभरको मौसम कस्तो रहला ?

बुधवार, बैशाख ५ २०८१
बुधवार, बैशाख ५ २०८१
  • पश्चिमी र स्थानीय वायुको प्रभाव : आगामी तीन दिनसम्म देशभरको मौसम कस्तो रहला ?

    काठमाडौँ / नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव कायमै रहेको छ । जसकारण देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

    images
    images

    बुधबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएको छ । 

    देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

    बिहीबार कोशी प्रदेशको थोरै स्थानहरू साथै बागमती, गण्डकी र कर्णाली  प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

    देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ ।

    शुक्रबार कोशी प्रदेशको थोरै स्थानहरु साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा वर्षारहिमपातको सम्भावना रहेको छ ।

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी  पहाडी भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको र बर्षा र हिमपातको सम्भावना त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार