images
images

अमेरिकी डलरको भाउ बढ्दा सस्तियो युरो, कुन देशको मुद्राको विनिमय दर कति छ आज ?

अमेरिकी डलरको भाउ बढ्दा सस्तियो युरो, कुन देशको मुद्राको विनिमय दर कति छ आज ?

बुधवार, बैशाख ५ २०८१
बुधवार, बैशाख ५ २०८१
  • अमेरिकी डलरको भाउ बढ्दा सस्तियो युरो, कुन देशको मुद्राको विनिमय दर कति छ आज ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज बुधबार अमेरिकी डलरको भाउ बढेको छ । यसअघि खरिदमा १३३ रुपैयाँ २३ पैसा र बिक्रीमा १३३ रुपैयाँ ८३ पैसा तोकिएको अमेरिकी डलरको भाउ बढेर आज खरिदमा १३३ रुपैयाँ ३६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ९६ पैसा पुगेको छ । 

    images
    images

    आज युरोपियन युरोको भाउ भने घटेको छ । यसअघि एकको खरिदमा १४२ रुपैयाँ ०२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६६ पैसा कायम भएको युरोको भाउ आज खरिदमा १४१ रुपैयाँ ८२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ४५ पैसामा झरेको छ । 

    यता, अष्ट्रेलियन डलरको भाउ पनि घटेको छ । यसअघि एकको खरिद मूल्य ८६ रुपैयाँ ४१ पैसा र बिक्री मूल्य ८६ रुपैयाँ ८० पैसा पुगेको अष्ट्रेलियन डलरलाई आज खरिदमा ८५ रुपैयाँ ६१ पैसा र बिक्रीमा ८६ रुपैयाँ कायम भएको छ । 

    क्यानेडियन डलरको भाउ घटेर एकको खरिद मूल्य ९६ रुपैयाँ ७२ पैसा र बिक्री मूल्य ९७ रुपैयाँ १६ पैसा पुगेको छ । यता, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ६२ पैसा र बिक्री दर ८ रुपैयाँ ६६ पैसामा झरेको छ भने साउथ कोरियन वन  १०० को खरिद दर ९ रुपैयाँ ५८ पैसा र बिक्री दर ९ रुपैयाँ ६२ पैसा कायम भएको छ । 

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ७३ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस्

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार