images
images

बिदा मनाउन आउने विदेशी पर्यटक ६० प्रतिशत, प्रति पर्यटक प्रतिदिन खर्च कति ?

बिदा मनाउन आउने विदेशी पर्यटक ६० प्रतिशत, प्रति पर्यटक प्रतिदिन खर्च कति ?

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • बिदा मनाउन आउने विदेशी पर्यटक ६० प्रतिशत, प्रति पर्यटक प्रतिदिन खर्च कति ?

    काठमाडौँ / नेपाल भित्रिने कुल पर्यटकमध्ये ६० प्रतिशत पर्यटक बिदा मनाउने उद्देश्यले आएको पर्यटन मन्त्रालयले जनाएको छ । 

    images
    images

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२३ मा बिदा मनाउने उद्देश्यले ६० प्रतिशत पर्यटक नेपाल आएका हुन् । 

    मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०२३ मा विभिन्न देशबाट १० लाख १४ हजार ८८२ पर्यटक नेपाल भ्रमणमा आएका थिए । जसमध्ये ६ लाख ३४ हजार ३०१ पर्यटक बिदा मनाउन आएको पर्यटन मन्त्रालयले प्रकाशित गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । 

    यस्तै, पछिल्ला वर्षहरूमा हिमाल आरोहण र ट्रेकिङका लागि आउने विदेशी पर्यटक बढ्दै गइरहेका छन् । सन् २०२३ मा एक लाख ५४ हजार २६२ पर्यटक ट्रेकिङ र हिमाल चढ्न आएका थिए । यो संख्या कुल पर्यटकको १५.२ प्रतिशत हो ।

    पछिल्लो समय नेपालको सगरमाथा, अन्नपूर्ण सर्किट, खप्तड, फोक्सुन्डो, डोल्पो क्षेत्र, माछापुच्छ्रे, अन्नपूर्णलगायत विभिन्न हिमालका बेसक्याम्प ट्रेकिङका आकर्षक गन्तव्य बन्दै आइरहेका छन् । 

    यस्तै, गत वर्ष धार्मिक पर्यटकको संख्या एक लाख ३३ हजार रहेको थियो, जुन कुल पर्यटकको १३.१ प्रतिशत थियो । नेपालको पशुपति, मुक्तिनाथ, जनकपुर, लुम्बिनीलगायतमा आउने विदेशी भक्तजनहरू धेरै हुन्छन् । 

    त्यसैगरी, अन्य उद्देश्यसहित आउने पर्यटक ९३ हजार ३७० अर्थात् ९.२ प्रतिशत रहेका थिए । 

    2.JPG

    प्रतिव्यक्ति प्रतिदिन ४१ डलर खर्च

    मन्त्रालयको तथ्याङ्क अनुसार २०२३ मा पर्यटकले प्रतिव्यक्ति प्रतिदिन औसत खर्च ४१ अमेरिकी डलर खर्च गरेका छन् । 

    सन् २०२३ मा नेपाल भ्रमणमा आएका पर्यटकबाट ५४ करोड ८२ लाख अमेरिकी डलर अर्थात् करिब ७३ अर्ब रुपैयाँ (एक डलरको नेपाली विनिमयदर १३३ रुपैयाँ) आम्दानी भएको पर्यटन मन्त्रालयले जनाएको हो । 

    सन् २०२२ मा प्रतिव्यक्ति प्रतिदिन औसत खर्च ४०.५ अमेरिकी डलर थियो । उक्त बर्ष पर्यटनबाट ३५ करोड ९७ लाख अमेरिकी डलर आम्दानी भएको थियो ।

    2.JPG

    औसत बसाइ १३.२ दिन

    गत वर्ष पर्यटकको औसत बसाइ १३.२ दिन रहेको छ । अघिल्लो वर्ष सन् २०२२ मा औसत बसाइ १३.१ दिन, २०२१ मा १४.५, २०२० मा १५.१ दिन रहेको थियो । 

    तथ्यांकले नेपालमा पर्यटकको औसत बसाइदर घट्दै गएको देखिन्छ । सन् १९७५ मा पर्यटकको औसत बसाइ १३.०५ दिन थियो । यसबीचमा सबैभन्दा धेरै बसाइ सन् २०२१ मा १५.५ दिन रहेको छ ।

    2.JPG

    नेपाल एयरलाइन्स सबैभन्दा धेरै अन्तर्राष्ट्रिय यात्रु बोक्ने एयरलाइन्स

    सन् २०२३ मा कतार एयरलाई उछिन्दै नेपाल एयरलाइन्स सबैभन्दा धेरै अन्तर्राष्ट्रिय यात्रु बोक्ने एयरलाइन्स बनेको छ । सन् २०२२ मा सबैभन्दा धेरै यात्रु बोक्नेमा कतार एयर थियो । 

    गत वर्ष दोस्रो नम्बरमा कतार एयरवेज, तेस्रोमा हिमालय एयरलाइन्स, चौथोमा इन्डिगो एयर र पाँचौँ नम्बरमा फ्लाई दुबई रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार