images
images

सुनको भाउ प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुग्यो, सामान्य सस्तियो चाँदी

सुनको भाउ प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुग्यो, सामान्य सस्तियो चाँदी

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • सुनको भाउ प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुग्यो, सामान्य सस्तियो चाँदी

    काठमाडौँ / स्थानीय बजारमा सुनको मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले उकालो लागेको हो ।

    images
    images

    बिहीबार प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएकाको छापावाल सुन आज बढेर १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुन बिहीबार तोलामा १ लाख ३७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने १ लाख ३८ हजार छ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

    त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ । बिहीबार प्रतितोला १ हजार ७ सय २५ मा कारोबार भएकोमा आज घटेर १ हजार ७ सय २० रुपैयाँ कायम गरिएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार