images
images

सिटिजन बैंकको नाफा १ अर्ब २१ करोड, प्रतिशेयर आम्दानी र वितरणयोग्य नाफा कति ?

सिटिजन बैंकको नाफा १ अर्ब २१ करोड, प्रतिशेयर आम्दानी र वितरणयोग्य नाफा कति ?

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • सिटिजन बैंकको नाफा १ अर्ब २१ करोड, प्रतिशेयर आम्दानी र वितरणयोग्य नाफा कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को ९ महिनाको अवधिमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड १ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको छ । 

    images
    images

    बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चैत मसान्तसम्म सिटिजन्स बैंकले १ अर्ब २१ करोड १४ लाख १६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १।९९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा १ अर्ब २३ करोड ६० लाख ६१ हजार रुपैयाँ रहेको थियो ।

    यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.२५ प्रतिशतले घटेर ४ अर्ब २५ करोड ६० लाख ४० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ४ अर्ब ३९ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

    गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ संचालन नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ८६ करोड १७ लाख रुपैयाँ संचालन नाफा गरेको छ ।

    समीक्षा अवधिसम्म बैंकको चुक्तापूँजी १४ अर्ब २० करोड रुपैयाँ, रिजर्भको आकार १९.६६ प्रतिशतले वृद्धि भएर ७ अर्ब ७ करोड रुपैयाँ, निक्षेप संकलन १ अर्ब ८२ अर्ब, कर्जा प्रवाह १ अर्ब ५२ करोड रुपैयाँ र वितरणयोग्य नाफा करोड ८९ लाख १९ हजार रुपैयाँ रहेको छ ।

    यता, बैंकको खराब कर्जा ३.९८ प्रतिशत रहेकोमा घटेर ३.७६ प्रतिशत, प्रतिशेयर आम्दानी ११.३७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४९.९८ रुपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार