images
images

महालक्ष्मी विकास बैङ्कद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान, महिला उद्यमीलाई विद्युतीय सवारीको साँचो हस्तान्तरण

महालक्ष्मी विकास बैङ्कद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान, महिला उद्यमीलाई विद्युतीय सवारीको साँचो हस्तान्तरण

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • महालक्ष्मी विकास बैङ्कद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान, महिला उद्यमीलाई विद्युतीय सवारीको साँचो हस्तान्तरण

    काठमाडौँ / महालक्ष्मी विकास बैङ्कले महिला उद्यमी लक्षित सशक्तीकरण अभियान सुरु गरेको छ । बैङ्कले महिला उद्यमीहरूलाई सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यका साथ उक्त अभियानको शुभारम्भ गरेको हो । 

    images
    images

    हरित परिवहनको माध्यमबाट महिला सशक्तीकरण भन्ने मुल उद्देश्यका साथ धुलिखेल नगरपालिकाका विभिन्न महिला उद्यमीहरूलाई विद्युतीय सवारीको साँचो हस्तान्तरण गरिएको थियो ।

    पर्यावरणीयमैत्री यातायातको बढ्दो माग र आवश्यकतालाई सम्बोधन गर्न अन्य स्थानीय तहहरूमा समेत बैङ्कले हरित कर्जा अन्तर्गत यस्तो अभियान थप विस्तार गर्दै जानेछ । 

    ‘सबल बैङ्क, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैङ्कको देशभर १०३ शाखा कार्यालयहरू र करिब ७ लाख ग्राहकहरू रहेका छन् ।

    साथै पुस २९ मा सम्पन्न बैङ्कको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैङ्क वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार