images
images

फोनपे पेमेन्ट सर्भिस लिमिटेडद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

फोनपे पेमेन्ट सर्भिस लिमिटेडद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

आइतवार, बैशाख ९ २०८१
आइतवार, बैशाख ९ २०८१
  • फोनपे पेमेन्ट सर्भिस लिमिटेडद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

    ललितपुर / फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरूवात गरेको छ । डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्र्तगत यस संस्थाले नेपालमा पहिलो पटक पुर्णरूपमा डिजिटल क्रेडिट कार्डको सुरूवात सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडसँगको सहकार्यमा सुरूवात गरेको जनाएको छ । 

    images
    images

    नेपालका बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई फोनपे कार्ड स्किमअन्र्तगत रहि पुर्णरूपको डिजिटल क्रेडिट कार्ड (फोनपे भर्चुअल क्रेडिट कार्ड) आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत उपलब्ध गराउन सक्नेछन् । 

    सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैङ्क भएको छ । सिटिजन्स बैङ्कका ग्राहकहरूले यस क्रेडिट कार्डको सुविधा सिटिजन्स बैङ्कको मोबाइल बैंकिङ्ग एप मार्पmत लिन सक्नुहुने जनाएको छ ।  

    नेपाल राष्ट्र बैङ्कले परिकल्पना गरेको नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम परियोजनाअन्र्तगत नेपाल राष्ट्र बैङ्कबाट यस संस्थालाई प्राप्त अनुमति बमोजिम फोनपे क्रेडिट कार्ड स्किम सञ्चालनमा ल्याउन लागिएको हो । 

    यस फोनपे क्रेडिट कार्डले नेपालको कार्ड भुक्तानी उद्योगलाई पुनः परिभाषित गर्ने विश्वास फोनपेले लिएको छ । उक्त क्रेडिट कार्ड पुर्णरूपमा डिजिटल अनबोर्डिङ्ग र जारी हुने तथा हाल फोनपे क्यूआरमा आबद्ध करिब १४ लाख व्यावसायीहरूको स्थानहरूमा निर्बाद रूपमा प्रयोग गर्न सकिने फोनपेले जनाएको छ ।  

    फोनपेका सीईओ दिवस कुमारले भने, “हामीले नेपालमा भुक्तनीको नयाँ उपकरणको रूपमा फोनपे कार्ड स्किम प्रस्तुत गर्न पाउँदा उत्साहित छौं । यसको सजिलो पहुँच र बलियो सुरक्षा सुविधाहरूको साथ, यो सेवाद्वारा ग्राहकहरूले आफ्नो वित्तीय व्यवस्थापन र कारोबार सञ्चालन गर्ने तरिकालाई पुनः परिभाषित गर्ने विश्वास लिएका छौं ।”

    कुमारले अन्त्यमा भने, “फोनपेको तर्पmबाट नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किमसुचारू गर्न अनुमति प्रदान गरि आवश्यक निर्देशन दिई सहयोग तथा दिशानिर्देश गरिदिने नियामक निकाय नेपाल राष्ट्र बैङ्कलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ । साथै, आफ्ना ग्राहकहरूलाई अत्याधुनिक सुविधा उपलब्ध गराउन यस फोनपे कार्ड स्किम अन्र्तगतको नेपालको पहिलो भर्चुअल क्रेडिट कार्ड जारी गर्ने सिटिजन्स बैङ्कलाई बधाई दिन चाहन्छौं ।”

    फोनपे नेपाल राष्ट्र बैङ्कद्वारा नियमन गरिएको र भुक्तानी प्रणाली सञ्चालकको इजाजतपत्र प्राप्त संस्था हो जसले अन्तर–बैङ्क व्यक्ति–देखि–व्यक्ति र व्यक्ति–देखि–व्यापारी कारोबारहरू यसको इन्टरअपरेबल नेटवर्क र मोबाइल प्लेटफर्महरू मार्फत सुविधा दिन्छ । 

    फोनपे एफवानसफ्ट ग्रुपको सहायक कम्पनी हो जसले नेपालमा आइएसओ २७००१ः२०१३ प्रमाणित भई कार्य गरिरहेको छ । फोनपेले बैङ्क तथा वित्तीय संस्थाहरू र वालेट ग्राहकहरूका साथै व्यवसायहरूलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल भुक्तानी सेवाहरूमा सक्षम पारेर नगदरहित अर्थतन्त्रमा योगदान दिन सक्रिय प्रयासहरू गरिरहेको छ ।

    फोनपेले सञ्चालनमा थप दक्षता हासिल गर्न र भुक्तानी प्रणालीको पहुँचलाई फराकिलो बनाउन प्रविधिको प्रयोग गरी डिजिटल भुक्तानी नेटवर्कमा नवीनताहरू ल्याउनमा केन्द्रित छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार