images
images

प्रिमियममा आइपीओ जारी गर्ने लागेको शौर्य सिमेन्टको आम्दानीमा फड्को, एक वर्षमा गर्यो साढे ७ अर्बको व्यापार

प्रिमियममा आइपीओ जारी गर्ने लागेको शौर्य सिमेन्टको आम्दानीमा फड्को, एक वर्षमा गर्यो साढे ७ अर्बको व्यापार

सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • प्रिमियममा आइपीओ जारी गर्ने लागेको शौर्य सिमेन्टको आम्दानीमा फड्को, एक वर्षमा गर्यो साढे ७ अर्बको व्यापार

    काठमाडौँ / प्रिमियममा आइपीओ जारी गर्ने लागेको शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले एक बर्षमा साढे ७ अर्बको व्यापार गरेको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडको अनुसार यस कम्पनीले सन् २०२३ मा ७ अर्ब ४० करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो । 

    images
    images

    यस कम्पनीले सन् २०२२ मा ७ अर्ब ४३ करोड र सन् २०२१ मा २ अर्ब ६३ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । सन् २०१७ मा स्थापना भएको कम्पनी सन् २०२२ को अगस्टमा पब्लिक कम्पनीमा परिणत भएको थियो । कम्पनीले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।

    यस्तै, कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा भने २ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । सुलभ अग्रवाल अध्यक्ष रहेको यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १४ अर्ब १ करोड ८६ लाख रुपैयाँको रेटिङ पुनः पुष्टि गराएको छ । 

    1.JPG

    कम्पनीले दीर्घकालीन कर्जा (लङ ट्रम)का लागि १० अर्ब ८५ करोड ८६ लाख रुपैयाँ र अल्पकालीन कर्जा (सर्ट ट्रम) का लागि ३ अर्ब १६ करोड रुपैयाँको रेटिङ गराएको छ । यस कम्पनीको मिर्चैयामा उत्पादन प्लान्ट छ भने कुल स्थापना क्षमता ३ हजार टन प्रतिदिन (टीपीडी) छ । 

    2.JPG

    कम्पनीको प्रबद्र्धकहरुसँग प्रत्यक्ष र अप्रत्यक्ष गरी ७ वटा खानीको पहुँच छ । उक्त खानीहरु आगामी दिनमा एकै ठाउँमा ल्याउने योजना बनाएको छ । कम्पनीको देशभर ८० वटाभन्दा बढी वितरक र १८ सयभन्दा बढी डलर छन् । कम्पनीले शौर्य ब्राण्डमा उत्पादित सिमेन्ट विक्री वितरण गर्दै आएको छ ।

    यस कम्पनीमा तीन कर्पोरेट समुह शंकर ग्रुप, अम्बे ग्रुप र हुलास ग्रुपको संयुक्त लगानी रहेको छ । शौर्य सिमेन्टले अंकित मूल्य १०० रुपैयाँमा १६४ रुपैयाँ ५१ पैसा प्रिमियम थप गरेर प्रतिकित्ता २६४ रुपैयाँ ५१ पैसामा सेयर जारी गर्न अनुमति पर्खिरहेको छ । 

    यसले १ करोड ५९ लाख ८१ लाख ५०० कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । यसको बिक्री प्रबन्धकको काम भने नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार