images
images

आज ६ ओटा प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

आज ६ ओटा प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

मंगलवार, बैशाख ११ २०८१
मंगलवार, बैशाख ११ २०८१
  • आज ६ ओटा प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

    काठमाडौँ / हाल देशका पहाडि भुभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ। पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण आज गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    images
    images

    कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी प्रदेश लगायत कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि देशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी प्रदेश लगायत देशको तराईका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

    बिहीबार देशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी प्रदेशको केहि स्थानहरु साथै कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

    आज दिउँसो लुम्बिनी प्रदेश लगायत कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेश लगायत कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानहरुमा र राती लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना छ ।

    हावाहुरी, वर्षाको सम्भावना रहेको क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार