images
images

पर्यटन व्यवसाय प्रवर्द्धनको लागि प्रदेश सरकारले लगानी गर्छ : मुख्यमन्त्री यादव

पर्यटन व्यवसाय प्रवर्द्धनको लागि प्रदेश सरकारले लगानी गर्छ : मुख्यमन्त्री यादव

मंगलवार, बैशाख ११ २०८१
मंगलवार, बैशाख ११ २०८१
  • पर्यटन व्यवसाय प्रवर्द्धनको लागि प्रदेश सरकारले लगानी गर्छ : मुख्यमन्त्री यादव

    सिरहा / मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पर्यटन व्यवसाय प्रवर्द्धनको लागि प्रदेश सरकारले लगानी गर्ने बताएका छन् । सिरहाको लहानमा सोमबार १० दिनसम्म चलेको ‘लहान एक्सपो’ को समापन कार्यक्रममा मुख्यमन्त्री यादवले पर्यटक भित्र्याउनको लागि प्रदेश सरकारले आवश्यक लगानी र अनुकूल वातावरण सृजना गर्ने बताएका हुन्। 

    images
    images

    “मधेस प्रदेश भारत जस्तो विशाल जनसङ्ख्या भएको मुलुकसँग सिमाना जोडिएको प्रदेश हो । भारतीयलाई पर्यटकको रुपमा भित्र्याउन के गर्न सकिन्छ, त्यसमा प्रदेश सरकार ध्यान दिन्छ”, उनले भने, “यहाँका पर्यटन व्यवसायी तथा उद्योगपति साथीहरुसँग समन्वय गर्न म तयार छु । कुन ठाउँ र कुन क्षेत्रमा काम गर्दा पर्यटन भित्रिन्छन्, त्यसमा प्रदेश सरकारले लगानी गर्नेछ ।”

    उनले मधेस प्रदेशमा उद्योग व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई सरकारले पूर्ण शान्ति सुरक्षा दिने भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे । 

    उनले लहानको बलान नदी नियन्त्रणको लागि तटबन्ध र रामकुमार-उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालको जग्गा अस्पतालको नाममा आइसकेपछि  सुविधासम्पन्न भवन निर्माणका लागि यसै आर्थिक वर्षमा बजेटको व्यवस्था गर्ने  जानकारी दिए । 

    देशमा सङ्घीयता ल्याउनमा लहानको महत्वपूर्ण योगदान रहेको बताउँदै मुख्यमन्त्री यादवले यहाँको सर्वपक्षीय निर्णयमा प्रदेशस्तरीय गौरवको जुनसुकै योजना कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताए । 

    प्रदेशसभा संसद् ललिता दास, जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतो, लहान नगरप्रमुख महेशप्रसाद चौधरी, सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललगायतले मन्तव्य राखेका थिए । 

    ‘समृद्धिको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ गत चैत ३० गतेदेखि जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाको आयोजनामा सञ्चालित ‘लहान एक्पो स् मधेस प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८०’ सोमबार विधिवत रूपमा समापन भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार