images
images

आज अमेरिकी डलरदेखि युरोपियन युरोसम्मको भाउ घट्यो, कुन देशको मुद्रालाई कति पर्ला ?

आज अमेरिकी डलरदेखि युरोपियन युरोसम्मको भाउ घट्यो, कुन देशको मुद्रालाई कति पर्ला ?

मंगलवार, बैशाख ११ २०८१
मंगलवार, बैशाख ११ २०८१
  • आज अमेरिकी डलरदेखि युरोपियन युरोसम्मको भाउ घट्यो, कुन देशको मुद्रालाई कति पर्ला ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले मङ्गलबार प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज अमेरिकी डलरदेखि युरोपियन युरोसम्मको भाउ घटेको छ । यसअघि एकको खरिदमा १३३ रुपैयाँ २६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ८६ पैसा तोकिएको अमेरिकी डलरको भाउ घटेर आज खरिदमा १३३ रुपैयाँ ०९ पैसा र बिक्रीमा १३३ रुपैयाँ ६९ पैसा कायम भएको छ । 

    images
    images

    यसैगरी, युरोपियन युरोसमेत सस्तिएको छ । यसअघि एकको खरिद मूल्य १४२ रुपैयाँ र बिक्री मूल्य १४२ रुपैयाँ ६३ पैसा रहेको युरोपियन युरो आज घटेर खरिदमा १४१ रुपैयाँ ५७ पैसा र बिक्रीमा १४२ रुपैयाँ २१ पैसामा झरेको छ ।

    यता, अष्ट्रेलियन डलरको भाउ भने बढेर एकको खरिदमा ८५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ८६ रुपैयाँ ०३ पैसा तोकिएको छ । यसअघि अष्ट्रेलियन डलर एकको खरिदमा ८५ रुपैयाँ ५३ पैसा र बिक्रीमा ८५ रुपैयाँ ९१ पैसा तोकिएको थियो। 

    त्यस्तै, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ६० पैसा र बिक्री मूल्य ८ रुपैयाँ ६४ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ४८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६४ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार