images
images

सुनचाँदीको भाउ ह्वात्तै घट्यो, चाँदीको भाउ प्रतितोला १७ सय तल पुग्दा सुन कति पुग्यो ?

सुनचाँदीको भाउ ह्वात्तै घट्यो, चाँदीको भाउ प्रतितोला १७ सय तल पुग्दा सुन कति पुग्यो ?

मंगलवार, बैशाख ११ २०८१
मंगलवार, बैशाख ११ २०८१
  • सुनचाँदीको भाउ ह्वात्तै घट्यो, चाँदीको भाउ प्रतितोला १७ सय तल पुग्दा सुन कति पुग्यो ?

    काठमाडौँ / यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सुनको भाउमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार घटेर कारोबार भएको सुनको भाउ सोमबार पनि पुनः घटेको हो ।

    images
    images

    आइतबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घटेकोमा आज सोमबार पुनः २ हजार ७ सय रुपैयाँले घटेको महासङ्घले जनाएको छ ।

    आइतबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँमा झरेको छ । यता, तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ५ सय ५० रुपैयाँबाट घटेर १ लाख ३४ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । 

    यता, चाँदीको भाउमा पनि भारी गिरावट आएको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ७ सय ५ रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर १ हजार ६ सय ६० रुपैयाँमा झरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार