images
images

भूकम्पले ताइवान अस्तव्यस्त, गएराति ८० बढी भूकम्पको धक्का

भूकम्पले ताइवान अस्तव्यस्त, गएराति ८० बढी भूकम्पको धक्का

मंगलवार, बैशाख ११ २०८१
मंगलवार, बैशाख ११ २०८१
  • भूकम्पले ताइवान अस्तव्यस्त, गएराति ८० बढी भूकम्पको धक्का

    ताइपेई / ताइवानमा फेरि भूकम्प गएको छ । गएराति ताइवानको पूर्वी तटीय क्षेत्रमा ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । तीमध्ये सबैभन्दा बढी ६ दशमलव ३ र ६ रेक्टर स्केल मापन गरिएको थियो । 

    images
    images

    यस भूकम्पले राजधानी ताइपेईका धेरै भवनहरू हल्लियो । भूकम्पको शक्तिशाली पराकम्पका कारण मानिसहरू निकै डराएका थिए । तर मानवीय क्षतिको कुनै खबर नआएको बताइएको छ ।

    भूकम्पको केन्द्रविन्दु पूर्वी काउन्टी हुआलियनमा जमिनबाट ५.५ किलोमिटर तल रहेको मौसम विभागले जनाएको छ । भूकम्पबाट हुआलीएनमा दुईवटा भवन भूकम्पबाट क्षतिग्रस्त भएको र एउटा भवन भत्किएको बताइएको छ । जापान, चीन र फिलिपिन्समा पनि हल्का भूकम्पको धक्का महसुस गरिएको थियो । 

    यस महिनाको सुरुमा पनि ताइवानमा ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । यसमा १३ जनाको मृत्यु भएको थियो भने १ हजारभन्दा बढी घाइते भएका थिए । 

    यस पटक पनि यी भूकम्पको केन्द्रबिन्दु ताइवानको ग्रामीण पूर्वी काउन्टी हुवालियन थियो । अप्रिल ३ को भूकम्पका कारण क्षतिग्रस्त भएको र अहिले सञ्चालनमा नआएको एउटा होटल थोरै ढल्किएको हुवालियनको दमकल विभागले मंगलबार बिहान भनेको छ ।

    ताइवान दुई टेक्टोनिक प्लेटहरूको जंक्शन नजिकै छ । त्यसैले यहाँ प्रायः शक्तिशाली भूकम्पहरू गइरहन्छ । सन् २०१६ मा दक्षिणी ताइवानमा निकै शक्तिशाली भुकम्प आउँदा सय जना भन्दा बढी मानिसको ज्यान गएको थियो । सन् १९९९ मा ७ दशमलव ३ म्याग्निच्युडको भूकम्पमा २ हजार भन्दा मानिसहरूको ज्यान गएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार