images
images

मलेसियामा सेनाको दुईवटा हेलिकप्टर आकाशमै ठोक्किए, १० सैनिकको मृत्यु

मलेसियामा सेनाको दुईवटा हेलिकप्टर आकाशमै ठोक्किए, १० सैनिकको मृत्यु

मंगलवार, बैशाख ११ २०८१
मंगलवार, बैशाख ११ २०८१
  • मलेसियामा सेनाको दुईवटा हेलिकप्टर आकाशमै ठोक्किए, १० सैनिकको मृत्यु

    क्वाललम्पुर / सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।

    images
    images

    हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएका थिए। यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो, जहाँ नौसेना आधार रहेको छ ।

    दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा हेलिकप्टरमा सवार सबै १० जनाको मृत्यु भएको बीबीसीले जानकारी दिएको हो । 

    स्थानीय मिडियामा देखिएका फुटेजका अनुसार दुई हेलिकप्टर ठोक्किएर एक स्टेडियममा खसेका थिए। बीबीसीले यस दुर्घटनाको बारेमा थप जानकारीको लागि मलेसियाली अधिकारीहरूसँग सम्पर्क गरिरहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार