images
images

सगरमाथा चढ्न सोमबारसम्म ३६४ जनाले पाए अनुमति, अन्य हिमालमा कति ?

सगरमाथा चढ्न सोमबारसम्म ३६४ जनाले पाए अनुमति, अन्य हिमालमा कति ?

मंगलवार, बैशाख ११ २०८१
मंगलवार, बैशाख ११ २०८१
  • सगरमाथा चढ्न सोमबारसम्म ३६४ जनाले पाए अनुमति, अन्य हिमालमा कति ?

    काठमाडौं / वसन्त ऋतुमा सगरमाथा चढ्न सोमबारसम्म ३६४ जनाले आरोहण अनुमति पाएका छन् । 

    images
    images

    पर्यटन विभागको तथ्याङ्क अनुसार बैशाख १० गते सोमबारसम्म ३४ समूहका ३६४ आरोहीले सगरमाथा आरोहण अनुमति पाएका हुन् । जसमा ६८ जना आरोही महिला र २९६ जना आरोही पुरुषले अनुमति पाएका छन् ।

    सोमबारसम्म कुल ८६ समूहका ७ सय ६७ जनाले विभिन्न हिमाल आरोहण अनुमति पाएका छन् । तीमध्ये सबैभन्दा धेरै सगरमाथाका लागि अनुमति जारी भएको हो ।

    दोस्रो स्थानमा अमा दब्लम हिमाल रहेको छ । यस हिमालका लागि ७ समुहका ८० जनाले आरोहण अनुमति पाएका छन् । ल्होत्से हिमालमा ८ समुहका ७५ जनाले अनुमति पाएका छन् । 

    विभागको अनुसार सोमबारसम्ममा जारी आरोहण अनुमतिबाट ५८ करोड २४ लाख ७९ हजार ८३० रुपैयाँ रोयल्टी संकलन भएको छ ।

    अन्य कुन हिमाल आरोहण गर्न कतिले पाए अनुमति ? 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार