images
images

आज पनि घट्यो अमेरिकी डलरको भाउ तर महँगियो युरो र अष्ट्रेलियन डलर, अन्यलाई कति ?

आज पनि घट्यो अमेरिकी डलरको भाउ तर महँगियो युरो र अष्ट्रेलियन डलर, अन्यलाई कति ?

बुधवार, बैशाख १२ २०८१
बुधवार, बैशाख १२ २०८१
  • आज पनि घट्यो अमेरिकी डलरको भाउ तर महँगियो युरो र अष्ट्रेलियन डलर, अन्यलाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज बुधबार अमेरिकी डलरको भाउ घट्दा अन्य युरो र अष्ट्रेलियन डलर भने महँगिएको छ । यसअघि एकको खरिद मूल्य १३३ रुपैयाँ ०९ पैसा र बिक्रीमा १३३ रुपैयाँ ६९ पैसा कायम भएको अमेरिकी डलरलाई आज खरिदमा १३३ रुपैयाँ ०६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ६६ पैसा तोकिएको छ । 

    images
    images

    यता युरोपियन युरो भने बढेर एकको खरिदमा १४१ रुपैयाँ ९८ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६२ पैसा तोकिएको छ । यसअघि भने युरोको भाउ घटेर एकको खरिदमा १४१ रुपैयाँ ५७ पैसा र बिक्रीमा १४२ रुपैयाँ २१ पैसामा झरेको थियो।

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ८६ रुपैयाँ ०३ पैसा तोकिएकोमा आज बढेर खरिद मूल्य ८५ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य ८६ रुपैयाँ २८ पैसा पुगेको छ । 

    जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ६० पैसा र बिक्री मूल्य ८ रुपैयाँ ६४ पैसा र चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ३६ पैसा र बिक्री दर १८ रुपैयाँ ४४ पैसा कायम भएको छ । 

    यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ४८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६४ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

    विस्तृत तालिकामा हेर्नुस्

    Binimaya.jpg

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार