images
images

ललितपुर महानगरमा आजदेखि महिलाको पाठेघर र स्तन क्यान्सर नि:शुल्क परीक्षण

ललितपुर महानगरमा आजदेखि महिलाको पाठेघर र स्तन क्यान्सर नि:शुल्क परीक्षण

बुधवार, बैशाख १२ २०८१
बुधवार, बैशाख १२ २०८१
  • ललितपुर महानगरमा आजदेखि महिलाको पाठेघर र स्तन क्यान्सर नि:शुल्क परीक्षण

    ललितपुर / ललितपुर महानगरले महिलामा देखापर्ने विभिन्न स्वास्थ्य समस्याहरुको नि:शुल्क परीक्षण थालेको छ । पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने तथा फिस्टुला सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर बुधबारबाट सुरु गरेको हो ।

    images
    images

    एक महिनाभित्र महानगरको २९ वटै वडामा आयोजना गर्ने उक्त शिविरको सुरुवात वडा नम्बर १४ स्थित तिखेदेवलबाट सुरु गरिएको प्रजनन स्वास्थ्य फोकल पर्सन दाताराम अधिकारीले बताए ।

    उनका अनुसार शिविरमा परीक्षण गर्दा पोजेटिभ देखिएकालाई महानगरले उपचारसमेत गरिदिनेछ । पाठेघरको मुखको क्यान्सरको परीक्षण एचपीभी डीएनए विधिद्वारा गरिने महानगरले जनाएको छ ।

    यस्तै महानगरले गत आर्थिक वर्षमा पनि महानगरका आठवटा वडामा एच पि भि डि एन ए पाठेघरको मुखको क्यान्सर परीक्षण) विधिद्वारा १ हजार ३ सय महिलामा परीक्षण गरेको थियो । उक्त परीक्षणमा झण्डै १४ प्रतिशतमा पोजेटिभ देखिएको थियो, जसलाई उपचार महानगरले गरिदिएको थियो ।

    महानगरका प्रवक्ता राजु महर्जनले महानगरले महिला स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । उनले भने, ‘पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरबाट महिला दिदीबहिनी प्रभावित भएको तथ्यांक छ, त्यसको न्यूनीकरणका लागि हामीले महानगरका सबै वडामा यो शिविर राखेका हौं ।’

    महर्जनले ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप, घर घरमा पुगेर ज्येष्ठ नागरिक र अशक्तको स्वास्थ्य परीक्षणको काम गरेको समेत जानकारी दिए । उनले भने,‘स्वास्थ्य क्षेत्रलाई महानगरले प्राथमिकतामा राखेको छ । ’

    स्वास्थ्य शिविरमा ३० देखि ६० वर्ष उमेर समूह भित्रका महिलाको स्वास्थ्य परीक्षण गरिने ललितपुर महानगरले जानकारी दिएको छ ।

    नेपाल क्यान्सर केयर फाउन्डेसनका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण गर्नका लागि संसार भरिमै हालसम्म उपलब्ध विधिमध्ये एचपीभि डि एन ए प्रभावकारी विधि हो ।

    जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले प्रत्येक १० जनामध्ये ७ जनालाई नसर्ने रोग लागेको तथ्याङ्क बताए ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक कुमार लालले सरकारले यस वर्षको अन्त्यसम्ममा ४५ हजार भन्दा बढी महिलाको एचपिभिडिएनए बाट स्क्रिनिङ गर्ने लक्ष्य लिएको बताए ।

    नेपाल सरकारले आर्थिक वर्ष २०८० ÷२०८१ मा कोशी, मधेश र बागमती र लुम्बिनीका ८ जिल्लाका १४ स्थानीय तहबाट एचपिभि डिएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ सेवा पाइटल प्रोजेक्टका रुपमा गुरु गरी सकेको छ ।

    सन् २०३० सम्म ३० वर्षमाथिका महिलामध्ये ९० प्रतिशतको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्ने दिगो विकास लक्ष्य रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार